पूर्वराजा भोली भारत भ्रमण जाँदै



ईश्वरराज ढकाल, काठमाडौं ।

पुर्वराजा ज्ञानेन्द्र शाह भोली सोमबारदेखि भारत भ्रमणमा जानुहुने भएको छ । भोली दिउसो साढे ४ बजे कलकत्ता जान लाग्नुभएको हो । उहाको साथमा निजी सचिव सागर तिमल्सिना, शाही अर्दली, निजी सुरक्षाकर्मी लगायतका करिब आधा दर्जन टोली रहनेछन् ।

उडिसा राज्यको भार्मिक भ्रमणमा निस्कन लाग्नुभएका पुर्व राजाा ज्ञानेन्द्र करिब एक साता भारतमै बस्ने कार्यक्रम रहेको छ । नेपाल फर्के लगत्तै उहा सिमरा जाने कार्यक्रम तय भएको छ । पुर्व रानी कोमल यही २६ गते कान्छि नातिनि कृतिका सहित सिमरा जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्