मोटरसाइकलले स्कटिङ गरेर लैजाँदै गरिएको चरेश सहित ५ जना पक्राउ



प्रहरीले सफलता पाउँदै गएको: प्रहरी उपरिक्षक राउत

सीताराम अधिकारी, धादिङ ।
एउटा ट्रकलाई अगाडी ओटा र पछाडी अर्को मोटरसाइकलले स्कटिङ गरेर प्रहरी चोक प्वाइन्ट छल्न लागेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा ठूलो मात्रामा लागु औषध चरेश बरामद गरेको छ ।

धादिङको महाभारत क्षेत्रबाट लागु औषध चरेश विक्रि वितरण गर्न लैजाँदै गरेको भन्ने सूराकीको आधारमा प्रहरीले १ सय ६८ किलोग्राम, ९ सय ग्राम चरेश, एउटा ट्रक र ३ ओटा मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीको स्ूचनाको आधारमा अहिलेको ठूलो मात्रामा प्रतिबन्धीत लागु औषध चरेश बरामद गरेको जनाएको छ । शुक्रबार बरामद गरिएको चरेश आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।चरेश गाडीमा हालेर बिक्रिबम लागि लान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय गजुरी१ सय ६८ किलोग्राम ९ सय ग्राम चरेश, र ना ३ ख ४३२४ न.ं को ट्रक, बा २६ प ४४६५, बा ४० प २५८८, र बा ३३ प ७०२५ न को मोटरसाइकल, ५ थान मोबाइल बरामद गरको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ध्रुबराज राउतले बताउनुभयो ।

चरेशखोजी गर्दा पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्ला हेटौँडा उपहानगरपालिका वडा न. १० का ३७ वर्षीय रामकृष्ण श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका वडान न ५ का २६ वर्षीय श्यामबहादुर तामाङ, सोही स्थानका ३१ वर्षीय विनोद तामाङ, गल्छी गाउँपालिका वडा न. ६ का ३४ वर्षीय नबराज तामाङ र गल्छी गाउँपालिका वडा न. ८ का देबबहादुर तामाङ रहेका छन् । उनिहरुलाई लागु पदार्थ कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राउतले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रहरीले केही वर्षदेखि लागु औषध कारोबारमा सम्लग्नहरुलाई कारबाहीको दायरामा ल्याएर सफलता पाएको जनाएको छ । यसमा सम्लगन्लाई निरुत्साहित गर्न प्रहरीले सचेतना अभियान समेत संचालन गर्ने जनाएको छ ।

प्रहरीले आर्थिक वर्ष ०७४/७५को यो अवधीमा लागुऔषध चरेश र गाँजा २ सय ४७ किलोग्राम १७५ग्राम बरामद गरि १ महिला सहित १३ जना पक्राउ गरि कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरि ०७३/७४ मा १ सय ३१ किलोग्राम ३७५ ग्राम बरामद गरि २९ जना पक्राउ गरि मुद्दा चलाएकोले पछिल्लो समय सफलता पाएको प्रहरीको भनाइ छ ।

अन्य लागु पदार्थ कोरेक्स, स्प्रोम्पल्स, एम्पुल, डाइजेपाम फेनारागन आदी प्रतिबन्धीत लागु औषध समेत बराम गरि कानुनी दायरामा ल्याइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्