प्रदेश ६ मा सभामुखको निर्वाचन माघ २९ गते



नेपाल समाचारपत्र, सुर्खेत ।

प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठकमा एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरेका थिए ।

बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डाहरु सर्बसम्मत पारित गरेको छ । बैठले सभामुख चयनका लागि माघ २९ गतेका लागि प्रस्ताव गरिएको मिति पारित गरेको छ । अब २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने बताइएको छ । प्रदेश ६ मा ४० जना प्रदेश सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्