अझै पनि भाडाकै घरमा सरकारी कार्यालय



सिहंदरबार नै घरघरमा पुर्याने भनिएको छ तर अझैसम्म पनि स्थानीय तहका कर्मचारीहरुलाई काम गर्न विषयगत कार्यालय समेत निमार्ण भएको छैन । अझैसम्म पनि स्थानीय तहका कतीपय कार्यालयहरु भाडाका घरमा सिमित छन् ।

विनोद सिंह विष्ट, बैतडी ।

जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दापनि उल्लेख्य काम हुन सकेको छैन । विकास निर्माणदेखि स्थानीय सरकारबाट सर्वसाधारणले पाउनुपर्ने सेवासुविधा पाउन सकेका छैनन्। जिल्लास्तरका अधिकांश विषयगत कार्यालय स्थानीय तहमा स्थापना हुन नसक्दा सेवाग्राही मात्र नभई कार्यालयका कर्मचारी समेत समस्यामा पर्ने गरेको पाइएको छ ।

स्थानीय तहका कतीपय वडा कार्यालय भाडाका घरमा बसेका छन् । पाटन नगरपालिका वडा नं. ८ को वडा कार्यालय वडामा उपयुक्त घर नपाएपछि छिमेकी वडा नं.९ मा कार्यालय राखिएको छ । वडा कार्यालय मात्र होइन नगरपालिका, गाउँपालिकाको समेत भवन छैनन ।

पुर्चौडी नगरपालिकाको भवन नहुँदा भाडाको घरमा बस्दै आएको निमिक्त प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थीले बताउनुभयो। उहाँले भन्नुभयो “नगरको आफ्नै कार्यालय बनाउनजग्गाको खोजीभइररहेको छ ।” यस्तै जिल्लाको दक्षिणी शिवनाथ गाउँपालिकाको कार्यालय पनि भाडाको घरमा बस्दै आएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुखलगायत कर्मचारीको लागि ठाउँ नहुँदा विषयगत कार्यालय झोलामै सिमित हुने गरेका छन् । जिल्लाकै पुरानो दशरथचन्द नगरपालिकामा समेत सबै विषयगत कार्यालय स्थापित भएका छैनन । झोलामै कार्यालय बोक्नु परेको नगर पशु प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । कतिपय स्थानीय तहमा विषयगत कार्यालयका कर्मचारी जान सकेका छैनन् भने गएका ठाउँमा बस्ने ठाउँ नहुँदा हाजिर मात्रै लगाउने काम हुने गरेको कर्मचारी बताउँछन् ।

ठाउँको अभावमा स्थानीयतहको कार्यालय साँघुरो कोठामा राखिएका छन्, जसले गर्दा सेवाग्राही र सेवाप्रदायकलाई समस्याहुने गरेको छ । ‘गाउँमा सिंहदरबार’ भनिएपनि अहिलेसम्म विषयगतकार्यालय पुग्न सकेका छैनन । कागजीकार्य र कर्मचारी व्यवस्थापनमा अलमल रहेका कारण ४ नगर र ६ गाउँपालिकाले नयाँ काम अघि बढाउन सकेका छैनन । आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा समेत जिल्लाकास् थानीयतहले १५ देखि २० प्रतिशतमात्रै विकास बजेट खर्चेका छन् ।

ग्रामीण भेगमा सडक सञ्जाल जोड्ने कार्यमा अघि देखिएका नगर र गाउँपालिकाले नयाँ विकासे खाका समेत कोर्न सकेका छैनन । ‘सिंहदरबार गाउँमै आउँछ भनिएको थियो, होइन रहेछ, अझैसम्म सदरमुकामै धाउनुपर्छ,’पुर्चौडी नगरपालिका–१ हाटका धनवीर धामीले भन्नुभयो, ‘कार्यालय सबै सदरमुकाममै भएपछि स्थानीय सरकार हुनुको के अर्थ रहयो र ?’
आवश्यकता अनुसार सेवाप्रदान गर्न नसकिएको शिवनाथ कागाउँपालिका प्रमुख कर्णसिंह साउँदले बताउनुभयो । ‘अधिकार दिइएको भनिएको छ तर, सबै काम सदरमुकामबाटै हुने गरेको छ,’ उहाँले भन्नुभयो, स्थानीय तहमा बैंक नहुँदा कर्मचारीको तलव निकासागर्न सदरमुकाम जान बाध्य छौं ।’

जिल्लास्थित विषयगत कार्यालय स्थानीयतहमाजान सकेका छैनन । महिला बालबालिका, कृषि, पशु, शिक्षा र स्वास्थ्यका कार्यालय स्थापना नहुँदा सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपर्दा स्थानीयमर्कामा छन् ।विषयगत कार्यालयका कर्मचारी नजादा स्थानीयतहलाई योजना बनाउनसमेत समस्याहुने गरेको छ । शिक्षा, स्वास्थ्य, पशु लगायत विषयगत कार्यालयका कर्मचारी स्थानीयतह मागएकै छैनन । यसअघि साविकका गाविसमा रहेका सेवा केन्द्र, स्वास्थ्यचौकी प्रमुखलाई विषयगत कार्यालयको जिम्मा दिइएको छ ।

गाउँपालिकाकै केन्द्रमामा पुग्न दुई दिनलाग्ने गरेको छ । सिगास गाउँपालिकाको कार्यालयमापुग्न घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–६ का पदमबहादुर रोकायले बताउनुभयो। उहाँले भन्नुभयो“सानाकागजीकाममै दिनहुँ खट्नुपर्ने सास्तीले गाउँमा सरकार आएको अनुभूतिहुन सकेको छैन् ।” राज्य संघिय संरचना गएपछी स्थानिय तहमा पहिलो अभ्यास भएकोले केही ढिलाई हुन लागेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीर बहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो “हामी अहिले अभ्यासमै छौ, गाउँमै सिंहदरवार पुग्न अझ केही समय लाग्छ ।”

संघिय संरचनाको लागी तिनवटै निर्वाचन भर्खरै सम्पन्न भएकाले भौतिक संरचना, जनशक्तिको पनि अभाव देखिएकाले सेवाग्राहीले सबै सेवासुविधा पाउन अझै केही समय कुर्नै पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्