दुई नम्बर प्रदेशको सभामुखको निर्वाचन फागुन २ गते



नेपाल समाचारपत्र, जनकपुर ।

प्रदेश २ मा प्रदेशसभा सभामुखको निर्वाचन फागुन २ गतेका लागि तय भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचन मिति तोकेको हो ।

आइतबारको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गर्दै नेताहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउनु पर्नेमा जोड दिएका छन । प्रदेशसभाको दोस्रो बैठक माघ २९ गतेका लागि तोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्