निशुल्क स्वास्थ्य शिविरमा ९ सय ३६ जनाको स्वास्थ्य उपचार



सरिता चलाउने, सल्यान ।

लामो समय देखि सामाजिक कार्यमा लागिपरेको युबा सञ्जालले सल्यानको बागचौर नगरपालीका सल्यानमा निशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । सल्यानी युबा सञ्जालको आयोजना तथा रोटर्याक्ट क्लब काठमाडौ मेडिकल कलेज र बागचौर नगरपालिकाको सहकार्यमा “बृहत् निशुल्क स्वास्थ्य शिविर“ सम्पन्न गरेको हो । जनकल्यान नमुना माविको प्रांगनमा भएको स्वास्थ्य शिबिर बाट जिल्लाका ९ सय ३६ जनाले स्वास्थ्य सेवा लिएको सल्यानी युबा सञ्जालका अध्यक्ष शुर्दसन बुढाथोकीले बताउनु भएको छ ।

निशुल्क रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरमा दिइएका सेवा हरुमा सामान्य स्वस्थ्य परीक्षण,सुगर परीक्षण,क्षयरोग परीक्षण,दन्त शिविर र आँखा उपाचारको सेवा प्रदान गरीएको थियो । विरामीको स्वास्थ परीक्षणका लागी शिक्षण अस्पतालका ईमरर्जे्न्सि विभाग सम्हाली रहनु भएका डा.नितेन्द्र वज्राचार्य,डा.शशांक घिमिरे तथा मेडिकल अधिकृत डा.नितेश मिश्र गरी १७ जना डाक्टरको समुहले विरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो ।

वागचौर नगरपालीका वडा नं २ अन्र्तगत जनकल्यान उच्च मावि परीशरमा आयोजना गरीएको उक्त स्वास्थ शिविर वाट २४३ पुरुष र ७२० जना महिला गरी जम्मा ९६३ जनाले सेवा प्राप्त गरेका छन । विरामीहरु लाई चेकजाँच सँगै औषधि पनी निशुल्क वितरण गरीएको छ । सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन वुढाथोकीका अनुसार ४६ जनामा मोतिया विन्दुका विरामी तथा १२ जना टिवि रोगका संकास्पद विरामी हरु भेटीएको जानकारी दिनुभएको छ । आँखाको परीक्षणका क्रममा भेटीएका मोति विन्दुका ४६ जना विरामीको एक महिना भित्रमा नै शिविर राखेर निशुल्क अप्रेशन गरीने अध्यक्ष वुढाथोकीले वताउनु भयो ।

निकै लामो प्रयास,छलफल र तयारी पछि आयोजना तथा सम्पन्न गरीएको स्वास्थ्य परीक्षण कार्यक्रममा वाघचौर नगरपालीका,शिद्ध कुमाख गाँउपालीका,कुमाख गाँउपालीका र केही मात्रामा रोल्पा जिल्लाका नागरीक हरुले शिविरमा आफनो स्वस्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षणकै लागी काठमाण्डौ वाट १७ जनाको डाक्टरको टोली थारमारे आएको थियो ।

शिबिर सञ्चालन गर्नले यस बाट आफुलाई धेरै राहत भएको सल्यान पिपलनेटाकी ७४ बर्षिया ज्वति केसिले खुसि ब्यक्त गर्नुभयो । यस अघि आफुले अहिले सम्म कुनै पनि ठाउँमा निशुल्क स्वास्थ्य परिक्षण नगराएको र यो सुबिधा पाउदा युबा सञ्जाललाई धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्