राष्ट्रिय युवा सम्मेलनबाट धुलिखेल घोषणापत्र जारी



मोतीराम तिमल्सिना, काभ्रे ।

१८ वर्ष देखि २४ वर्ष सम्मका युवाहरु सम्मिलित राष्ट्रिय युवा सम्मेलन २०१८ धुलिखेलमा सम्पन्न भएको छ । सम्मेलनबाट धुलिखेल घोषणापत्र जारी गरिएको छ ।

टिडिएच जर्मनि र नमोबुद्ध नगरपालिकाको सहयोग, राष्ट्रिय युवा परिषद्सँंगको साझेदारी र ग्रामिण विकास संस्था, सरोकार समाज नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।

प्रतिनिधि सभा सदस्य एवं युवा नेता गोकुल वास्कोटाले सम्मेलनको उद्घाटन गरेका थिए । ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डि.एन. तिमल्सिनाले सम्मेलनको औचित्यताका बारेमा प्रष्ट पारेका थिए । टिडिएच जर्मनी केन्द्रिय कार्यालयकी लेना, टिडिएच जर्मनिका कन्ट्रि कोअर्डिनेटर श्याम श्रेष्ठ, सहायक कन्ट्रि कोअर्डिनेट मोनि श्रेष्ठ, नेपालका लागि जर्मन राजदुतको राजनीतिक तथा सास्कृतिक सल्लाहाकार पउला युवा अभियान्ता अमृत देवकोटा तिलोत्तम पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनमा योगेन्द्र शाहिले युथ भिजन २०२५, राष्ट्रिय युवा निति, युवाहरुको अवसर र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । युवा र वातावरण संरक्षण, युवा नेतृत्व सुशासन, युवा र उधमशिलता, दियो विकास लक्ष्य प्राप्तिका लागि युवाहरु विषयक छलफलमा क्रमश मनजित ढकाल, धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जु, राजेन्द्र देवकोटा, भावना भट्ट र नुर जंग शाहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त सम्मेलनमा सात वटै प्रदेशका विभिन्न जिल्लाहरुबाट सहभागी युवाहरुले जिल्लाको अवस्था, प्रतिवद्धता, कार्ययोजना र सुधारका प्रयाशहरुका सम्वन्धमा आ आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए । सम्मेलनको छलफलले दिगो विकास सम्वन्धी लक्ष्यहरु (२०१६–२०३०) मा हिमाल (हिउँ)को विषय छुटेकाले उक्त विषय समेत दिगो विकास सम्वन्धी लक्ष्यमा थप हुर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, नमोबुद्ध नगरपालिकाका मेयर र बेथानचोक गाउँपालिकाकि उपमेयरले सहभागिहरुका विभिन्न प्रश्नहरुको जवाफ दिदैं सम्मेलनले निकालेको निचोड (घाषणा पत्र) लाई विशेष महत्वका साथ उठान र कार्यान्वय गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा सात वटै प्रदेशका ५० जना युवाहरुको सहभागिता रहेको उक्त राष्ट्रिय युवा सम्मेलनले १५ बुँदे धुलिखेल घोषणापत्र जारि गरेको छ । घोषणा पत्र कम्तिमा ५५ वटा स्थानीय सरकार, सातै वटा प्रदेश सरकार र केन्द्रिय सरकारलाई समेत बुझाईने राष्ट्रिय युवा सम्मेलन २०१८ का संयोजक एवं सरोकार समाज नेपालका अध्यक्ष अशोक खनालले जानकारी दिए ।

राज्यका सवै तह र संरचनाहरुमा युवाहरुको नेतृत्वको सुनिश्चित गर्न, राज्यका सवै तह र संरचानाहरुमा मिजन २०२५ को कार्यान्वयन गर्न, पुननिर्माण प्रक्रियाका निति निर्माण र निर्णय प्रक्रियामा युवाहरुको विशेष भुमिका सुनिश्चित गर्न, सवै स्थानिय तहहरुमा युवा परिषदको विस्तार गरि युवा शशक्तिकरणमा कार्यक्रमहरु संचालन गर्न, दिगो विकास लक्ष्यका कुनैपनि लक्ष्यहरुले हिमालका विषयहरुलाई सम्बोधन नगरेको हुनाले, हिमालका विषयहरुलाइ पनि दिगो विकास लक्ष्यमा समावेश गर्न नेपाल सरकार विशेष पहल गर्न माग गरिएको छ ।

लैङ्गिक बिभेद, सामाजिक कुरिति, कुसंस्कार र लागुपदार्थ दुव्र्यसनिको अन्त्यका लागि स्थानिय सरकारले आवश्यक कानुन तथा कार्यक्रम बनाई, कार्यान्वयनमा युवा सहभागिताको सुनिश्चितता गर्न, माध्यमिक तहको शिक्षमा दिगो विकास लक्ष्यलाई अनिवार्य गरियोस् साथै ति लक्ष्यहरुलाई स्थानिय भाषामा समेत प्रचार प्रसार गर्न, युवाहरुको सिप विकाश र क्षमता अभिबृद्धि गर्नका लागि युवाहरुलाई जिवन उपयोगि शिप, बृति परामर्श, मनोसामाजिक परामर्श लगायतका अन्य शिपमुलक कार्यक्रमहरु संचालन गर्न माग गरिएको छ ।

राज्यको हरेक तहमा वालमैत्री, युवामैत्री र वातावरणमैत्री स्थानीय शासनको प्रवद्र्धन गर्न, नेपाल भुगोलको सामथ्र्य आधारमा त्यहाँको श्रोत र साधनमा युवाहरुको क्षमता अभिवृद्धि गरि युवा उद्यमशिलता कृषी, पर्यटन, उत्पादन) को प्रवर्धन गर्न युवामैत्री योजना निर्माण र कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्