ट्रम्पको स्वीकृतिपछि विवादास्पद दस्तावेज सार्वजनिक, एफबीआईमाथि शक्तिको दुरुपयोग गरेको आरोप



वासिङ्टन, (एजेन्सी)
अमेरिकी कांग्रेसले एक विवादस्पद दस्तावेज सार्वजनिक गरेको छ। उक्त दस्तावेजमा अमेरिकी गुप्तचर विभाग एफबीआईमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।

सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपलाई लिएर वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जाँचसँग ती दस्तावेज सम्बन्धित रहेको बताइएको छ।


उक्त दस्तावेज रिपब्लिकन पार्टीका सांसदले तयार गरेको हो। यसमा ट्रम्पको राष्ट्रपति चुनाव अभियानका क्रममा गुप्तचर निगरानीसँग सम्बन्धित जानकारी संलग्न गरिएको जनाइएको छ।

उक्त दस्तावेज सार्वजनिक गर्ने विषयमा डेमोक्रइटिक पार्टीले विरोधमा कडा आपत्ति जनाएको थियो। पार्टीले गुप्तचरमा आधारिक ती जानकारीलाई सार्वजनिक गरेर ट्रम्पविरुद्ध भइरहेको छानबिनलाई भड्काउने प्रयास गरिएको जनाएको छ।

डेमोक्रइट्सको विरोधका बाबजुद सभामुख रिपब्लिकन पार्टीका पल रायनले विशेष काउन्सलर रोबर्ट मुलरको नेतृत्वमा भइरहेको जाँचमा उक्त दस्तावेजके सार्वजनिक हुनुले कुनै प्रभाव नपर्ने आश्वस्त पारेका थिए। अमेरिकी नागरिकमाथि निगरानी गर्ने सम्बन्धमा शक्तिको दुरुपयोग हुन नहुने कुरालाई सुनिश्चित गर्नु कांग्रेसको कर्तव्य भएको उनले बताए।

एफबीआईले दस्तावेजमा यसको प्रमाणिकतालाई प्रभावित पार्ने तथ्यपरक जानकारी नभएको बताएको छ। रिपब्लिकन कांग्रेस कर्मचारीद्वारा लेखिएको विवादित उक्त ज्ञापनमा विगत केही दिनदेखि विवाद जारी रहेको छ। एफबीआईसहित न्याय विभाग, विपक्षी डेमोक्रइट्स र केही रिपब्लिकन नेताहरूले समेत यसको सार्वजनिक गर्ने विषयलाई लिएर विरोध गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई तथा न्याय विभागद्वारा गरिरहेको जाँचलाई राजनीतिकरण गरिरहेको वरिष्ठ अधिकारीहरूमाथि आरोप लगाएको छ। यसबाट रिपब्लिकन पार्टीको छवि बिगार्ने प्रयास भइरहेको उनले बताएका थिए। शुक्रबार डोनाल्ड ट्रम्पले उक्त विवादित ज्ञापन अर्थात् दस्तावेज सार्वजनिक गर्न अनुमति दिएको थियो र यसलाई उनले लज्जास्पद भएको बताएका थिए। दस्तावेजमा उल्लिखित जानकारीका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने– ‘कयौंलाई आफैमाथि लज्जाबोध भएको हुनुपर्छ।’

रिपब्लिकन पार्टीले तयार गरिएको उक्त ज्ञापनमा न्याय विभाग र एफबीआईको तर्फबाट निकट सहयोगी काटैर पेजविरुद्ध निगरानी गरेकोमा वारेन्ट मागको वैधतामाथि प्रश्न उठाइएको थियो। यसमा अमेरिकी नागरिकलाई बचाउनका लागि बनाइएका कानुनी प्रक्रियाको दुरुपयोग भएको जानकारी रहेको र त्यो चिन्ता गर्ने विष भएको उल्लेख गरिएको छ।

४६ वर्षीय कार्टर पेजले एफबीआईले इलेक्ट्रोनिक सर्भिलेन्समा राखिएको थियो। ट्रम्पको चुनाव प्रचारमा उनी विदेश नीति सल्लाहकारको भूमिकामा थिए र उनले सन् २०१६ मा कयौंपटक रुसको भ्रमण गरेका थिए। ट्रम्पसँग सम्बन्धित विवादास्पद दस्तावेजमा उनले रुसी अधिकारी र ट्रम्पको प्रचारका लागि मध्यस्थता गरेको आरोपलाई दृढतापूर्वक अस्वीकार गरेका थिए।

४४ वर्षीय डेविन हाउसको गुप्तचर कमिटीका अध्यक्ष हुन्। डेविनलाई उक्त ज्ञापनपत्र बनाउने जिम्मा थियो, जुन अहिले सार्वजनिक गरिएको छ। उनले राष्ट्रपति ट्रम्पको दाबीलाई लिएर जाँच गरिरहेका थिए, जसमा ट्रम्पले ओबामा प्रशासनमाथि उनको निगरानी गराइरहेको आरोप लगाएका थिए।

५३ वर्षीय रोड रोजन्स्टाइनलाई गत वर्ष अप्रिलमा उप न्यायाधिवक्तमा नियुक्त गरिएको थियो। उनलाई कुनै पनि नागरिकमाथि निगरानी गर्न आवेदनलाई अनुमति दिने विभिन्न चरणको जाँचको जिम्मेवारी दिइएको थियो। गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले उनको इमानदारितामा प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्