कवि तथा गीतकार कार्की, १ लाख रुपियाँसहित सम्मानित



हेटौंडा,(नेस)। १ लाख रुपियाँ राशिको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट कवि, गीतकार, फिल्म लेखक तथा फिल्मकर्मी चेतन कार्की हेटौंडामा सम्मानित भएका छन्। भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले कार्कीलाई सम्मान गरेको हो।

नेपाली संगीत तथा साहित्यमा योगदान पुर्याएबापत आयोजित कार्यक्रममा कार्कीलाई पुरस्कृत गरिएको हो। कार्यक्रममा तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कारबाट साहित्यकार अनिता न्यौपाने, भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट चिराग डंगोल, शीला नारी संगीत पुरस्कार विद्या तिवारी, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट कुमार शाह, चिनकुमारीबाट लामा स्मृति साहित्य पुरस्कारबाट कवि निमेश निखिल, विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट कोमल वली र मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार नर्सिङबाट अधिकृत चम्पा कोजुलाई नगदसहित सम्मान गरिएको थियो।

प्रतिष्ठानले हरेक वर्ष हेटौंडामा कलासँग सम्बन्धित व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा गायिका कोमल वलीसहित विभिन्न कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा साहित्यकार तुल्सी थापा, प्रकाश सायमी, विष्णुगोपाल महर्जन र मुरारी सिग्देललगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष उज्ज्वल शर्माभण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्