नेपाली सेनाद्धारा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन



विमल विष्ट, डोटी । नेपाली सेनाले डोटीको पुर्बिचौकी गाउपालिका २ बगलेगमा शनिबार एक दिने निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको छ ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको नेपाली सेनाको रुद्रध्वज गणले उक्त एक दिने निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको हो ।

सुदूरपश्चिम पृतना दीपायल राजपुर ब्यारेकका पृतनापती उपरथी झंकरबहादुर कडायतले उक्त एक दिने निशुल्क स्वास्थ्य सिबिरको उद्घाटन गर्नुभएको थियो ।

उक्त सिबिरको उद्घाटन गर्नु हुदै पृतनापती उपरथी कडायतले डोटेली जनतालाई रोग पिडा नहोस र बिरामी परेर गाउघरका थलापरेका बृद्धबृद्धा तथा अशक्त केटाकेटीहरुलाई घरैमा उपचारहोस भन्ने उदेश्यले सेनाले स्वास्थ्य सिबिर सञ्चालन गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘सेना र जनताको बिचको सम्बन्ध माछा र पानीको होस र हाम्रो सानो सहयोगले जनता खुसि हुनुका साथै हाम्रो सम्बन्ध अझ गाढा र प्रगाढ होस भन्ने उदेश्य हो,खास गरी भन्नु पर्दा यो सेवा जनताका लागि हाम्रो चिनोहोस भन्ने हो ।’


सेनाले आफनै घर आगनमा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेपछि आफुलायत अन्य स्थानियहरु सेना प्रति निकै खुसी भएको सो सिबिरमा उपचारका लागि आउनु भएका ९५ बर्षिय डम्मर सिंह साउँदले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘म बृद्ध भएको मान्छे उपचार गराउन अस्पताल सम्म जान सक्ने अवस्थाको थिएन, बिरामी परेर घरैमाबस्न बाध्य थिए, सेनाले मेरै घर आगनमा आएर निशुल्क सिबिर चलायो म लगायत धेरै बिरामी गाउलेले निशुल्क उपचार गर्न पाए,हामी यसैमा खुसि छौ, सेनाको सरहानिएकामको हामी सधै ऋणि हुने छौ ।’

सेनाले सञ्चालन गरेको उक्त सिबिरबाट सो गाउपालिकाका करिब ५ सय बढी बृद्ध,बृद्धा तथा महिला केटा केटीले उपचार सेवा लिएका छन् । उक्त सिबिरकै अवसरमा सो गणले उक्त गाउपालिकाका निम्न आए स्तर, अपांग तथा दलिद गरी १० घरपरीवारलाई खाद्यान्न समेत बितरण गर्नुका साथै सो गाउपालकामा रहेको बाराही देबी आधारभुत बिद्यालयलाई खेलकुद सामाग्री समेत बितरण गरिएको थियो ।

उक्त सिबिरमा डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुरखत्री,रुद्धध्वज गणका गणपती बिस्वराज कोईराला,प्रहरी प्रमुख मधुसुदन लुईटेल लगायतका बिभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्