कलाकारीतामा रम्दै शिखा



काठमाडौं, (नेस) । कैलालीकी शिखा साउँद अभिनय क्षेत्रमा नवप्रतिभाका रुपमा उदायकी छिन् ।

कलाकारीता क्षेत्रमा प्रबेश गर्ने उद्धेश्यले साउँदले लोकदोहोरी एल्वममा अभिनय गर्ने अबसर पाएकी छिन् । उनले हालै गरीवीपन नामक म्यूजिक भिडियोमा दुखि पात्रको रुपमा आफ्नो भूमीका निर्वाह गरेकि छिन् ।

प्रकाश क्षेत्रिले निर्देशन गरेको म्यूजिक भीडियोमा जगत विसीले स्वर भरेका छन् । सर्वसम्मान म्यूजिक प्रालीको प्रस्तुति रहेको गितले दुख पिडाका बिषयहरु समेटेको छ । काठमाडौंमा स्नातक तह अध्ययन गर्दै गरेकी साउदले कलाकारीता क्षेत्रमा अघि बढ्ने लक्ष्य राखेकि छीन् ।

प्रतिक्रिया दिनुहोस्