सुरक्षा चेतावनी



मस्को, (एजेन्सी)
रुसी विदेश मन्त्रालयले बिहीबार अमेरिकी गुप्तचर सेवाले विदेश भ्रमणमा जाने रुसी नागरिकहरूलाई हिरासतमा लिने तरखरमा रहेकाले भ्रमणमा नजान चेतावनीसहित विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा अमेरिकी गुप्तचर सेवा र सुरक्षा निकायको निर्देशनमा रुसी नागरिकलाई पक्राउ गरिने खतरा रहेको जनाइएको छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको दौरान रसियाले हस्तक्षेप गरेको विषयलाई लिएर वासिङ्टन र मस्कोबीच तनाव बढिरहेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाको सरकारले ३५ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्