बम निस्क्रिय



हङकङ, (एजेन्सी)
हङकङ प्रहरीले बुधबार फेला परेको दोस्रो विश्वयुद्ध ताकाको एउटा क्षतिग्रस्त बमलाई सफलतापूर्वक निष्क्रिय पारेको छ। ४ सय ५० किलो तौलको उक्त शक्तिशाली बम वान चाइ जिलाको एक व्यस्त कमर्सियल इलाकामा निर्माणाधीन स्थलमा बुधबार भेटिएको थियो। त्यसपछि उक्त इलाकाबाट करिब ४ हजार व्यक्तिलाई सुरक्षित स्थान सारिएको थियो।

बम निरोधक विशेषज्ञहरूले रातभरि काम गरी उक्त बमलाई निस्क्रिय पारेका थिए। हङकङमा एक हप्ताभित्रै विश्वयुद्धताकाको बम फेला परेको यो दोस्रो घटना हो। अमेरिकामा बनेको एन एम५६ बम हङकङमा खसालिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्