दाहाल र स्वराजबीच भेटवार्ता



काठमाडौं । नेपालको दुईदिने भ्रमणमा नेपाल अाएकी  भारतीय विदेश मन्त्री सुष्मा स्वराजर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

आज बिहान होटल सोल्टीमा विदेश मन्त्री स्वराज र अध्यक्ष दाहालबीच भेटवार्ता भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भइरहको बताइएको छ ।

स्वराजले आज नै नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्