छाउपडि उन्मुलन गर्ने अभियान



हिक्मत नेपाली, दैलेख । दैलेख लगाएत संघिय संरचना अनुसारको प्रदेश नं. ६ र प्रदेश नं. ७ का विभिन्न जिल्लाहरुमा छाउपडि प्रर्था जटिल समस्याको रुपमा जरा गाडेर बसेको छ । महिनावारी हुँदा छाउगोठमा बसेकै कारण दैलेखमा गत जेठ ८ गते चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ की लालसरा विकले ज्यान गुमाइन् ।

उक्त घटनाको एक महिना नबित्दै असार २२ गते चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ लैनचौरकी १९ बर्षिया तुल्सी शाहीको छाउगोठ बसेका बेला सर्पले डसेर उपचारकै क्रममा ज्यान गयो । लालसरा र तुल्सी जस्तै दैलेखसंग सिमाना जोडिएको अछाम लगाएतका जिल्लाहरुमा पनि दर्जनौ महिलाहरुले ज्यान गुमाइसकेका छन् ।

महिनावारी हुँदा छाउगोठमा बसेका कारण दर्जनौ महिलाहरुले ज्यान गुमाइसक्दा समेत विभिन्न जिल्लाहरुमा छाउपडि प्रर्था कायमै रहेको छ । समाजमा जरो गाडेर बसेको छाउपडि प्रर्था अन्त्यको लागि दैलेख लगाएत संघिय संरचना अनुसारको प्रदेश नं. ६ र प्रदेश नं. ७ मा चर्को बहस चलिरहेको छ ।

जटिल समस्याको रुपमा रहेको छाउपडि प्रर्था अन्त्यको चर्को बहस चलिरहेका बेला विद्यार्थी नेताहरु दैलेख आइपुगेका छन् । छाउपडि प्रर्था न्यूनिकरणको लागि विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनका नेताहरु दैलेख आइपुगेका हुन् ।

अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष नविना लामा, नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाही, र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष विजय गौतम सहितको टोली दैलेख आएका हुन् ।

सयुक्त विद्यार्थी संगठनको टोलीले दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकाको वडा नं.४ को राकमकर्णालीमा मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

राकमकर्णालीमा भएको कार्यक्रममा बोल्दै अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष नविना लामाले जब सम्म हामी आफु परिवर्तन हुन सक्दैनौ, तब सम्म समाज परिवर्तन हुन नसक्ने बताइन् । लामाले मुलुक राज्य पुर्नसंरचनामा गएपनि मुलुक भित्र बस्ने नागरिकहरुको पुर्नसंरचना हुन नसकेको बताइन् ।

आफु पनि यहि समुदायमा हुर्किएको महिला भएका कारण महिलामाथी हुने हिंसा, छाउपडि प्रर्था, जातिय छुवाछुत लगाएत समाजका कुप्रर्था विरुद्ध अभियान चलाइरहेको बताइन् । उनले यस्ता प्रर्थाहरु मान्दा नमान्दा कुनै देवी देवताले असर नगर्ने बताउदै यस्ता कुप्रर्था अन्त्यका लागि समाजमा बस्ने हरेक नागरिक जागरुक हुनुपर्ने बताइन् ।

यस्तै नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्प कुमार शाहीले छाउपडि, महिला हिंसा र जातिय छुवाछुत जस्ता कुप्रर्थाहरु अन्त्यका लागि विद्यार्थी संघ संगठनहरुले कसम खाएर अभियानमा हिडेको बताए । समाज परिवर्तनका लाग सर्वप्रथम समाजमा बस्ने हरेक नागरिकहरुले असल शिक्षा पाउनु पर्ने बताउदै मुलुक परिवर्तनका लागि हामी आफैबाट सुरुवात गर्नुपर्ने बताए ।

दैलेख लगाएतका जिल्लाहरुमा जटिल समस्याको रुपमा रहेको छाउपडि प्रर्था अन्त्यका लागि विद्यार्थी संगठनहरु एकजुट भएको बताउदै शाहीले विद्यार्थी संगठनहरुको अभियानमा सबैको सहयोग आवश्यक रहेको औल्याए ।

अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष विजय गौतमले विद्यार्थी संगठनहरु समाजको रिति तिथी, धर्म संस्कृतिलाई नभई छाउगोठ भत्काउने अभियानमा लागेको बताए । रजस्वला (महिनावरी) कुनै छुवाछुत नभएको बताउदै महिनावारी हुनु महिलाहरुको नियमित पक्रिया भएको बताए ।

कार्यक्रममा आठवीस नगरपालिकाका उपप्रमुख एंव नेपाल महिला संघ केन्द्रिय सदस्य दिपा बोहोरा, नेविसंघ पूर्व केन्द्रिय सदस्य प्रेम प्रकाश शाही, अनेरास्ववियु प्रदेश नं. ६ सह इन्चार्ज एंव केन्द्रिय सचिवालय सदस्य कल्पना थापा, लगाएतका विद्यार्थी नेताहरुले छाउपडि प्रर्था सम्बन्धि आ–आफ्नो धारणा राखेका थिए ।

उनिहरुले समाजमा विद्यमान समस्यको रुपमा लिइएको छाउपडि प्रर्था न्यूनिकरणका लागि एकजुट हुन आग्रह गरेका छन् । कार्यक्रमको अध्यक्षता नेविसंघका दैलेख जिल्ला अध्यक्ष धिरेन्द्र सापकोटाले गरेका थिए । अध्यक्ष सापकोटाले सकारात्मक सोच राखेमा जस्तो सुकै परिवर्तनहरु सम्भव रहेको औल्याए ।

प्रतिक्रिया दिनुहोस्