बलात्कारी अन्धा सजायँ मुक्त



ओक्लाहामा, (एजेन्सी)
अमेरिकाको ओक्लाहोमा राज्यमा बलात्कारका दोषीलाई अन्धा भएका कारण जेल सजायँ नदिएकोमा महिला अधिकारवादी संस्थाले आक्रोस ब्यक्त गरेका छन्। ३६ बर्षिय बेन्जामिन लरेन्स पेटी नामका ती ब्यक्तीमाथि १३ बर्षिय एक बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो। बेन्जामिनले चर्चको क्याम्पमा आएकी ती बालिकालाई हातमा डोरीले बाँधेर बलात्कार गरेका थिए। उनले घटनाका बारेमा अरूलाई नभन्न बालिकालाई धम्याएका थिए। बेन्जामिनलाई जेल सजायँ नुहनुको सबैभन्दा ठुलो कारण उनी अन्धो हुनु रहेको स्थानिय अभिवक्ताले बताए।

प्रतिक्रिया दिनुहोस्