ग्रिनल्यान्ड र स्वप्न वाटिका सेमिफाइनलमा



काठमाडौं, (नेस)
ग्रिनल्यान्ड र स्वप्न वाटिका दोस्रो भानुभक्त विन्टर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। ग्रिनल्यान्डले स्किब्सलाई ३५–२२ ले पराजित गर्यो भने स्वप्न वाटिकाले सिद्धार्थ वनस्थलीलाई १७–१५ ले हरायो। त्यस्तै टीआईएले पाठशालालाई १२–५ तथा कान्तिपुर इंग्लिस एकेडेमीले महामञ्जुश्रीलाई २२–१७ पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।

भानुभक्त मेमोरियल स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा महामञ्जुश्री, ज्ञान निकेतन, भ्याली पब्लिक र विल्सन एकेडेमी अन्तिम चारमा पुगे। महामञ्जुश्रीले टीआईएलाई ४८–४६, ज्ञान निकेतनले पाठशालालाई ४२–२४, भ्याली पब्लिकले सेबलाई ५९–३८ तथा विल्सनले एलआरआईलाई ६९–२२ ले पन्छाए।

प्रतिक्रिया दिनुहोस्