काभ्रे पुगेर प्रचण्डले भने-अब काभ्रेको डाडाँपारी सुगम हुन्छ



मोतिराम तिमल्सिना, काभ्रे ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नम्बर तीनको राजधानी काभ्रेमा ल्याउन आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । साथै, उहाले बाम गठबन्धनको नया सरकार बनेलगत्तै काभ्रेको विकट क्षेत्र डाडापारी स्थित महाभारत र खानीखोला गाउपालिकामा विकासका सबै पुर्वाधार पु¥याउने बचनबद्धता पनि व्यक्त गर्नुभएको छ ।

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई महाभारत गाउपालिकाको अवस्थाबारे जानकारी गराउने र प्रचण्ड लगाएत जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सात जना सांसदलाई सम्मान गर्ने कार्यक्रममा विहिवार हेलिकप्टरबाट डाडापारि पुग्नु भएका अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे बोल्दै भन्नुभयो– बाम गठबन्धनको सरकार बन्न र एकता रोक्न प्रतिक्रियाबादीहरु लागि परेका छन् । उहाले छिट्टै बाम गठबन्धनको जनवादी सरकार गठन हुने पनि सो कार्यक्रममा बताउनु भएको थियो ।

कार्यक्रममा महाभारत गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्र डाडापारिको विकासको लागि माओबादी अध्यक्ष प्रचण्डलाई चौधवुदे मागपत्र पेश गर्नुभएको थियो । गाउपालीका अध्यक्ष जिम्बाको माग बमोजिम अध्यक्ष प्रचण्डले नया सरकार गठन लगत्तै काभ्रेको खानीखोला र महाभारत गाउपालिकालाई तत्काल विषेश क्षेत्र घोषणा गरिने पनि बताउनु भएको थियो । संविधानमा विकट गाउपालिकालाई विशेष क्षेत्र घोषणा गरिने प्राब्धान रहेको छ ।

केन्द्रिय राजधानीसंग जोडिएको जिल्लामा पनि सडक सञ्जाल नपुगेको बारे अध्यक्ष प्रचण्डले अचम्म मान्दै भन्नुभयो– यहा सडक पु¥याउने व्यवस्था तत्काल मिलाउछु । जिल्ला सदरमुकाम बाट यहा सम्म सडक विस्तार गर्न १० किलोमिटर ट्राक खोल्न बाकी छ । काभ्रेको विकट मानिएको डाडापारि क्षेत्रमा ललितपुर, सिन्धुली र मकानपुर बाट आउने ६ वटा सडकको लागि पनि बजेट व्यवस्था गरिदिन गाउपालिका अध्यक्ष जिम्बाले राखेको मागलाई पनि प्रचण्डले तत्काल संवोधन गर्ने बचन दिनुभएको थियो ।

डाडापारि क्षेत्रमा सामुदायीक अस्पताल खोल्ने कुरामा पनि माओबादी अध्यक्ष प्रचण्डले तत्काल सहयोग गर्ने भन्दै सामुदायीक अस्पताल खोल्न स्थानीयतह प्रक्रिया पुरा गरि तत्काल आउन पनि आग्रह गर्नुभएको थियो । प्रचण्डले डाडापारि क्षेत्रमा विधुतको केन्द्रिय प्रशारण लाईन पनि तत्काल जोड्न प्रक्रिया थालनी गर्ने आश्वासन पनि यहाका जनतालाई दिनुभएको थियो ।

इलाका प्रशासन कार्यालय डाडापारिको बनखुमा राख्ने बारेमा पनि माओबादी अध्यक्ष प्रचण्डले विहिवार नै प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो । तीन वर्ष अघि साविक घर्तिछाप गाविसमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय भई र कर्मचारी र वजेटको पनि व्यवस्था भएको थियो । तर, कर्मचारीहरुले भने सदरमुकममै बसि तलब भक्ता खाएको र त्यहा गएका थिएनन् । अब बनखुमा तत्काल इलाका प्रशासन कार्यालय स्थापना गर्न माओबादी अध्यक्ष प्रचण्डले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।

डाडापारि क्षेत्रमा स्थानिय खोलाबाट विधुत उत्पादन, कफि र जडिबुटी प्रशोधन केन्द्र स्थापनाका साथै क्याम्पस खोल्ने कुरामा पनि अध्यक्ष प्रचण्डले नया सरकार गठन लगत्तै सबै काम अघि बढाउने बताउनु भएको थियो । सम्मान कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदहरु गोमा भुर्तेल, गोकुल बास्कोटा, बमध्वज, रत्न ढकाल, चन्द्रलामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईका साथै नुवकोटका सांसद हितवहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्