स्वारजको नेपाल भ्रमण तालिकाः प्रचण्डसँग ब्रेकफास्ट,ओलीसँग डिनर



नेपाल समाचारपत्र, काठमाडौँ ।
भारतीय विदेशमन्त्री शुस्मा स्वराज बिहिबार अपरान्ह  ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएकी छिन् ।

उनको आगमन सँगै नेपाल भ्रमणको कार्यतालिका पनि सार्वजनिक भएको छ । स्वराजले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने कार्यक्रम रहेको बताइएको छ । होटल सोल्टीमा स्वारज र ओलीको ‘वान टु वान’ वार्ता हुनेछ । भेटमा कुन विषयमा कुराकानी हुने भन्ने अहिलेसम्म खुल्न सकेको छैन होटल सोल्टीमा स्वराज–ओलीले एकसाथ डिनर गरेपछि छुट्टिने कार्यतालिका रहेको बताइएको छ ।

स्वराजले आजै साझँ राजपा अध्यक्षमण्डलका सबै सदस्यहरुसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।

साथै शुक्रबार विहान स्वराजले माओवादी अध्यक्ष प्रचण्डसँग बे्रकफास्ट गर्ने बताइएको छ ।लगतै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यतालिका रहेको छ ।

स्वारजको अन्तिम भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग बताइएको छ । त्यसपछि भारतीय विदेशमन्त्री भारत प्रस्थान हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्