सशस्त्रका एआईजीलाई दज्र्यानी चिन्ह



नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका जानकीराज भट्टराई, सुबोध कुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई माघ १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोह बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो।

नेपाल सरकार मन्त्रिपरिषदको यही माघ १५ गतेको निर्णयले उहाँहरू सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा राष्ट्र र संगठनको हितलाई सर्वोपरी मानेर पदीय जिम्मेवारीलाई व्यावसायीक कार्यकुशलताका साथ पुरा गर्न निर्देशन दिनुभयो।

उहाँले सरुवा, बढुवा, नियुक्ति जस्ता कार्य संगठनको नियमित प्रक्रिया भएको उल्लेख गर्नुहुँदै वृत्तिविकासका यस्ता महत्वपूर्ण अवसरमा सवैको चासो रहनु स्वभाविक रहेको बताउनुभयो।

सवै तहका सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकासका लागि संगठनले आवश्यक कार्य योजनाका साथ प्रयास गरिरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले डडेलधुरा जिल्लामा सशस्त्र प्रहरी बलको गुल्म स्थापनाको लागि दरवन्दी स्वीकृत हुनुको साथै एपीएफ अस्पतालका लागि समेत दरवन्दी थप भएको चर्चा गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपालले पनि सोही बमोजिम आफ्नो सांगठनिक ढाँचामा पुनर्संरचना गर्दै अगाडि बढिरहेको चर्चा गर्नुभयो।

उहाँले कार्यक्षेत्रमा सुरक्षा निकाय, स्थानीय जनता र सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै आगामी दिनमा सशस्त्र प्रहरी बल नेपाललाई अझै अब्बल सुरक्षा संगठनको रुपमा स्थापित गर्ने क्रममा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई सामना गर्दैै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्