वालविवाहले बढ्दै छ आङ खस्ने समस्या



सुर्खेत । नेपालमा महिलाहरुको पाठेघर आङ खस्ने समस्या बढ्दै गएको बताइएको छ । नेपालमा विसं. २०७०/०७१ मा २७ प्रतिशत महिलाको आङ खस्ने समस्या देखिएको थियो भने विसं. २०७१/०७२ मा केहि कमी भएको थियो ।

उक्त आर्थिक वर्षमा २२ प्रतिशत महिलाहरुको आङ खसेको थियो । तर आर्थिक वर्ष २०७२/०७३मा आइपुग्दा २५ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको वीरेन्द्रनगरमा बुधबार एक कार्यक्रकममा बताइएको छ । सञ्चारकर्मीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य, बालअधिकारबारे सीमान्तकृत महिलाहरुका लागि महिला संंस्था वाम, दलित महिला चेतना केन्द्र ड्वाक र वातावरण कृषि तथा विकास केन्द्र केडले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

सुर्खेत जिल्लामा पनि आङ खस्ने समस्या विकराल रुप लिन थालेको उक्त कार्यक्रममा जानकारी दिइएको थियो । वाम संस्थाले विद्यापुर, राकम, वीरेन्द्रनगर, लेखगाँउ र उत्तरगंगामा आर्थिक वर्ष २०७३/०७४ मा ४७९ जना महिलाको स्वास्थ्य परीक्षण गरेकोमा ती मध्ये ६५ जनामा आङ खस्ने समस्या देखिएको थियो ।

आङ कसरी खस्छ ?
पाठेघर खस्नुका धेरै कारणहरु छन् । सानो उमेरमा विवाह गर्नु, थोरै जन्मान्तरमा धेरै सन्तान जन्माउनु, स्वास्थ्य संस्थामा सुत्केरी नगराई असुरक्षित सुत्केरी गराउनु, गर्भावस्थामा पोसिलो खाना खान नपाउनु, सन्तान जन्मेपश्चातको केहि दिनमै यौनसम्पर्क गर्नु, कुपोषणजस्ता कारणले पाठेघर खस्ने गर्छ ।

यसका साथै सबैको शिक्षामा समान पहुँच नहुनु, समस्याका बारेमा समयमै जानकारी पाउन नसक्नु, महिलाहरु हिंसामा पर्नु, पितृसत्तात्मक सामाजिक संरचनाका कारण पनि यो समस्या सिर्जना हुने गरेको लक्ष्मी चन्दले जानकारी दिईन ।उनले यो समस्या रोकतथामका लागि केहि विकल्प समेत भएको जानकारी दिईन । उनका अनुसार समस्या सुरु हुने वित्तिकै शारिरीक व्यायाम गर्ने, रिंगप्रेसरी लगाउने, जडिवुटीहरुको प्रयोग गर्ने नभए अप्रेसन गरेमा समस्याबाट मुक्ति पाईन्छ ।

कार्यक्रममा बालअधिकारका सवालहरुबारे प्रस्तुतिकरण गर्दै दिपिका श्रेष्ठले जिल्लामा ४१ प्रतिशत बालविवाह हुने गरेको बताईन । उनका अनुसार नेपालमा ३७ प्रतिशत किशोरीले वाल्यावस्थामै विहे गर्ने गरेका हुन् । यसरी वालविवाह हुनुको प्रमुख कारण धार्मीक तथा पारम्परिक कारण नै प्रमुख रहेको हो । यस्तै आर्थिक स्थिति कमजोर हुनु, सामाजिक दवाव हुनु, अन्र्तजातीय विहे, कानुनी व्यवस्थाको जानकारी नहुनुकै परिणाम बालविवाह नियन्त्रणमा आउन नसकेको उनको भनाई थियो ।

बालविवाहका कारण किशोरीहरुले शिक्षा पाउन नसक्ने, स्वास्थ्य अवस्था कमजोर हुने, आर्थिक रुपमा आत्मनिर्भर बन्न नसक्ने, सामाजिक र पारिवारिक समस्या समेत झेल्नु परेको श्रेष्ठको निष्कर्ष थियो । संस्थाका अधिकृतसीता अर्यालले जिल्लाका २० वडामा बालअधिकार र पाठेघर खस्ने समस्याका बारेमा आफूहरुले काम गर्दै आइरहेको बताईन ।

बाल उदय र किशोरी सशक्तिकरण कार्यक्रम राकम र गुटुमा रहेका विद्यालयहरुका लागु गरेको र त्यसले वालविवाह क मगर्न धेरै सहयोग पु¥याएको उनको भनाई थियो । स्थानीय सरकारले महिलाहरुको पाठेघर खस्ने समस्या समाधानका लागि ध्यान दिन नसकेको उनको आरोप थियो । उनले जिल्लामा पञ्चपुरी ९ र बराहताल ८ मा मात्रै २ लाख बजेट विनियोजन भएको जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्