लागुऔषध दुब्र्यसनी विरुद्ध बैतडी प्रहरी



विनोद सिंह विष्ट, बैतडी । लागु औषध, दुव्र्यसनी,मानव ओसारपोसार तथा बेचबिखनको विरुद्धमा बैतडीमा प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ ।

जिल्लाका माध्यमिक तहका विद्यार्थीहरुलाई लागु औषध लागु औषध, दुव्र्यसनी,मानव ओसारपोसार तथा बेचबिखनको विरुद्धमा सचेतना कक्षाहरु सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ विद्यार्थीका माध्यमबाट समाजका सबै नागरिकलाई सचेत गराउन सचेतीकरण अभियान सञ्चालन गरिएको हो । ”

किशोरावस्थाका बालबालिकाहरु विभिन्न दुव्र्यसनीमा फस्न सक्ने भएकाले उनीहरुलाई सचेत गराउन विद्यालयका माध्यमबाट सचेतीकरण अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

जिल्लाको विरेन्द्र मावि शाहीलेक, निंगलासैनी मावि देहीमाण्डौं र कृष्ण मावि पाटनका विद्यार्थीहरुलाई लागु औषध,दुव्र्यसनी र मानव ओसारपसार तथा बेचबिखनको विरुद्धमा सचेतान कक्षा सञ्चालन गरिएको जनाएको छ । यसले प्रहरी र नागरिकबीचको सम्बन्ध बलियो हुने प्रहरीले विश्वास समेत गरेको छ ।

जिल्लाका अन्य माध्यमिक विद्यालयमा पनि सचेतना अभियान सञ्चालन गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्