खेती जोगाउन दिनरात चौकीदारी



हेमन्त पौडेल, कैलाली । छाडा पशुचौपायाले खेतबारीमा लगाएको अन्नबाली खाएर नष्ट पार्न थाले पछि कैलालीको किसानहरु हैरान भएका छन् । छाडा चौपायाहरुले खेतबारीमा लगाएको अन्नबाली र तरकारीहरु दिउँसो तथा रातीको समयमा खाएर सिध्याउन थाले पछि किसानहरु हैरान भएका हुन् ।

अनेक जोहो गरी ठूलो खर्च गरेर लगाईएको खेती खेतमै सिध्याउने गरेको भन्दै उनीहरुले छाडा चौपायाहरुको चाँडो व्यवस्थापन गर्न स्थानिय निकायहरुसंग माग गरेका छन् ।

खेतबारीमा लगाईको गहुँबाली छाडा चौपायाहरुबाट बचाउन दिनरात चौकीदार बस्नु परेको किसानहरुले गुनासो गरेका छन् । छाडा चौपायाहरुले खेतमा लगाएको गहुँवाली तथा तरकारीहरु खाएर नष्ट गर्न थालेपछी बचाउन दिनरात खेतमै चौकीदारी गर्ने गरेको चौमालाका किसान हरेन्द्र साउदले बताए ।

दिनरात चौकीदारी नगरे सयौको संख्यामा आउने छाडा चौपायाहरुले आफूहरुले ठूलो लगानी गरेर लगाईएको खेती नष्ट गरिदिन थालेकोले बाध्य भएर चौकीदारी गर्नु परेको साँउदको भनाई छ ।

घरमा दुध खानको लागि गाई पाल्ने र दुधदिन छोडेपछी छाडा रुपमा छोड्नेलाई कारवाही गर्ने नियम लागु गर्नु पर्ने सार्वसाधारणले माग छ ।

गाईगोरु छाडा छोड्ने प्रचलननै बनी सकेकोले यसले ठूलो समस्या निम्त्याएको धनगढीका स्थानिय आनन्द चौधरीले बताए । छाडाचौपायाहरुले सबैलाई हैरानी पारेको उनले बता ।

छाडाचौपायाले आफ्नो एक विगाहमा लगाएको गहुँबाली खाएर नष्ट पारेको सुखडका स्थानिय समिर अधिकारीको दुखेसो छ ।

एक विगाहमा गहँु लगाउदा विउ, मल, सिचाई, जोत्न गरेर १५÷२० हजार खर्च भएको र छाडाचौपायाले खाएर नष्टपारे पछि उत्दान केही नहुने अवस्था आएको उहाँले बताउनुभयो ।

यस्तै नगरका छाडा पशु व्यवस्थित गर्न नसक्दा सडक छेउछाउका व्यापारी, सवारी चालक, पैदल यात्रुमात्रै होइनन् रिक्साले समेत धनगढी, अत्तरिया, टीकापुर, महेन्द्रनगर लगायतका बजार क्षेत्रमा सास्ती व्यहोर्नुपरेको छ ।

‘छाडा पशु चौपायका कारण पैदल हिँड्न समस्या भएको छ’, धनगढीका जनक थापाले भने । ‘छाडा पशुका कारण सहरकै सौन्दर्य बिग्रिरहेको छ ।’

पैदल यात्रुलाई मात्रै होइन कैलाली, कञ्चनपुरका सडकमा सवारी साधन चलाउने चालकलाई समेत छाडा पशुले सताउने गरेका छन् । ‘बीचबाटोमै आएर सुत्दिन्छन्, सधैँजसो सवारी दुर्घटनाको खतरा रहन्छ ।’ धनगढी–नेपालगन्ज सडकखण्डमा माइक्रोबस चलाउँदै आउनुभएका रामबहादुर रावतले भने, ‘न प्रहरीले हटाएको देख्छु, न नगरपालिकाले नै ।’

छाडा पशु चौपायाका कारण सडक छेउमा फलफूल र तरकारी पसल सञ्चालन गर्दै आएका व्यापारीले सास्ती झेल्नुपरेको छ । धनगढीमा विगत छ वर्षदेखि ठेलामा तरकारी बेच्दै आएका लालुदेवी विष्ट छाडा पशुले तरकारी खाइदिँदा दैनिक घाटा व्यहोर्नु परिरहेको बताँउछिन ।

चोक–चोकमा तथा सडक छेउमा व्यापार गर्ने व्यापारी छाडा पशु चौपायाका कारण हैरानी व्यहोर्न बाध्य छन् । ‘धनगढी उपमहानगरपालिका भइसकेपछि हामीले थप सुन्दर होला भनेर सोचेका थियौँ । यो शहरलाई स्मार्ट सिटी बनाउने भन्ने कुरा गरिन्छ तर छाडाचौपायाले गर्दा बजार दिन प्रतिदिन कुरुप बन्दै छ ।’, धनगढीका व्यापारी सरिता अधिकारीले भनिन । ‘पशुचौपायाका गोबरका कारण सहर दुर्गन्धित हुँदै गइरहेको छ ।’

छाडा पशु चौपाया छोड्नेलाई कारवाही गर्न नसक्नु र छाडा छोडिएका पशुलाई व्यवस्थित गर्न नसक्नु उपमहानगरपालिकाको गैरजिम्मेवार काम भएको सर्वसाधारणको आरोप छ ।

तर, धनगढी उपमहानगरपालिकाले भने व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको दाबी गरेको छ । धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले नगरमा छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि पहल भैरहेको बताए ।

छाडाचौपायाहरुको व्यवस्थापनको लागि नगरका केही ठाउँमा गौशाला निर्माण भईसकेको र अन्य ठाउँमा समेत निर्माण गरिने उहाँले बताउनुभयो । स्मार्ट सिटी बनाउने लक्ष्य धनगढी उपमहानगरपालिकालाई पशुचौपायले पनि गिज्याइरहेका छन् ।

धनगढीको मुल बजार आसपास बिच सडकमा छाडा छाडीएका चौपायको कारण ट्राफिक व्यवस्थापन समस्या हुँदै आइरहेको छ । त्यती मात्र हैन बिच सडकमा छाडाचौपायालाई गाडीले ठक्कर दिएर घाइते बनाउने घटना समेत बढ्न थालेका छन ।
अन्नबाली खाएर नष्ट गर्न थाले पछी कैलालीको गोवादरी तर्फको जंगलमा तिर छाडा चौपायाहरुलाई लखेट्दै अत्तरियाका स्थानियहरु । तस्विरः हेमन्त पौडेल÷(नेस)

प्रतिक्रिया दिनुहोस्