किन आउन लागिन् भारतीय विदेशमन्त्री सुष्मा स्वराज ?



नेपाल समाचारपत्र, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि नेपाल आउने पक्का भएको छ ।

स्वराज यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको हो । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन् । एमाले र माओवादीको बाम गठबन्धनको नयाँ सरकार बन्ने तयारी भइरहेका बेला स्वराजको नेपाल भ्रमणलाई महत्वका साथ नेताहरूले लिएका छन् ।

‘दुई देशबीच नियमितरुपमा उच्च स्तरीय राजनीतिक भेटघाट गरिरहने परम्परालाई निरन्तरता दिंदै द्विपक्षीय साझेदारी थप विस्तार गर्न एवं दुवै मुलुक सामेल भएका विविध क्षेत्रका गतिविधिलाई मजवुद पार्न भ्रमण केन्द्रीत हुनेछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्