ज्योतिषलाई नवरत्न अवार्ड



नेपाल समाचारपत्र
काठमाडौं
दक्षिण एसियाली महासंघ र इन्टरनेसनल एस्टो फाउन्डेसन इन्डियाले श्रीलंकाको कोलम्बोमा जनवरी ५ देखि ७ तारिखसम्म गरेको अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा दिइने नवरत्न अवार्ड सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको छ।

दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा ज्योतिषको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने नवरत्न अवार्ड नेपाली ज्यातिषहरू दिइएको हो। दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेव विष्ट र कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका राज्यमन्त्री कान्ता भट्टराईले उक्त अवार्ड प्रदान गर्नुभएको थियो। नवरत्न अवार्डबाट विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे, प्रा. श्रीकृष्ण अधिकारी, वास्तुविद् माधवमंगल जोशी, आचार्य सन्तोष वशिष्ठ, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका अध्यक्ष आचार्य लक्ष्मण पन्थी, पञ्चांगकार श्रीकेश कौशिकलगायत विभूषित हुनुभयो।

होटल खाजे दरबार कमलपोरीमा आयोजित कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिले भर्खरै सम्पन्न सम्मेलनबाट निर्वाचित हुनुभएका दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेव विष्टलाई कार्यकालको सफलताको शुभकामना तथा बधाई ज्ञापन गर्यो।

प्रतिक्रिया दिनुहोस्