भारतसँग वार्ता



बेइजिङ, (एजेन्सी)

आफनो महत्वाकांक्षी चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) परियोजनामा भारतलाई समेत्ने प्रयासलाई लिएर वेइजिंग नयाँ दिल्लीसँग वार्ता गर्न तयार रहेको बताएको छ। ५० अर्ब डलर लगानी रहेको उक्त परियोजना अन्तर्गत चीन पाक जोड्ने मार्ग पाकिस्तान अधिकृत काश्मिरसँग भएर गएको छ।

भारतले त्ससमा आपत्ती जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हुवा चुनियांगले चीन यस विषयमा भारतसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए। हुवाको भनाइलाई लिएर भारत राजदुत गौतम बंबावलेले ग्लोबल टाइम्सलाई दिएको एक अन्तरवार्तामा सीपेकमा रहेको मतभेदलाई पन्छाउन नसक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्