नक्कली लाइक विक्री



न्युयोर्क, (एजेन्सी)
सामाजिक सन्जालमा नक्कली फलोवर तथा लाइक विक्री गर्ने एक कम्पनी विरुछ जाँच सुरु गरेको न्युयोर्कका एक मुख्य अभियोजकले जानकारी दिएका छन्। अभियोजक एरिक स्नाइडरम्यानले न्युयोर्कमा छद्म रूप धारण गर्नु र धोका दिनु अपराध भएको बताए। डेवुमी नाम कम्पनीमाथि लाखौं वास्तविक ब्यक्तीको पहिचान चोरी गरेको आरोप लगाइएको न्युयोर्क टाइम्सले जनाएको छ। यद्यपी कम्पनीले ती आरोपलाई अस्विकार गरेको छ। शनिबार न्युयोर्क टाइम्सले डेवुमी कम्पनीको बारेमा एक विस्तृत समाचार प्रकाशित गरेको थियो। समाचारमा सामाजिक सन्जालमा जानकारी तथा प्रोफाइल तस्वीर कपि गरेकाहरूको विवरण प्रकासित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्