राष्ट्रपति हटाउने माग



कोलोम्वो, (एजेन्सी)
माल्दिभ्सको विपक्षी राजनीतिक गठबन्धनले सर्वोच्च अदालत समक्ष याचिकापत्र दाखिल गर्दै अस्थायी रूपमा राष्ट्रपतिलाइ हटाएर उनी माथि लागेको भ्रष्टाचार र गलत शासनको अनुसन्धान गर्न एक विशेष टोलिको गठन गर्न आग्रह गरेको छ। आइतवार बुझाइएको सो याचिकापत्रमा दुई पुर्व राष्ट्रपति मौमुन अब्दुल गयुम र मोहमद नसिद लगायत चार पार्टी सम्मिलित विपक्षी गठबन्धनका नेताहरूले हस्ताक्षर गरेका छन्। यस सम्बन्धमा सोमवार राष्ट्रपति यामिन अब्दुल गयुमको कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन। १२ जना बिधायक हटाइएकाले संसदको राष्ट्रपति हटाउन सक्ने अधिकार कटौति भएको अवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्