घर खाली गराइए



पेरिस, (एजेन्सी)
फ्रान्सको सेन नदीको सतह बढ्दै गएकाले डरलाग्दो बाढीको खतरालाई ध्यानमा राख्दै आइतवार राजधानी पेरिसका झण्डै १ हजार ५ सय मानिसलाई तिनीहरूको घरबाट अन्यत्र सुरक्षित गन्तव्य लाने व्यवस्था सरकारले गरेको छ। पेरिस प्रहरी विभागको प्रमुख मिचेल डेल्पुएचले पेरिस र त्यसका उपनगरहरू र इले डे फ्रान्स क्षेत्रबाट उक्त संख्यामा मानिसहरूलाई घर खाली गर्न लगाइएको स्थानिय संचार माध्यमलाई बताएका छन्। स्थानिय प्रशासनले सोमवार सेन नदिको पानीको सतह बढेर सन् २०१६ को भयावह बाढीको स्थितमा पुग्ने सक्ने अनुमान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्