ओछ्यानमा पल्टेरै ट्विट गर्छन ट्रम्प



लन्डन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओछ्यानबाटै कयौं पटक ट्विट गरेको खुलासा गरेका छन्। ट्विटरमा प्राय सक्रिय रहने गरेका राष्टपतिले आफ्नो अकाउन्टबाट कमैमात्र अर्को ब्यक्तीले ट्विट गर्ने गरेको बताए।
नयाँ योजनाको घोषणा, आफ्ना प्रतिद्वन्द्वीहरूमाथि हमला गर्न र उत्तर कोरिया लगायत अन्य देशसँगको समस्यालाई लिएर ट्रम्पले प्राय ट्विटरको प्रयोग गर्दै आइरकेका छन्।

सोमबार विहानसम्म ट्विटर ‘रियलडोनाल्डट्रम्प‘ अकाउन्टको ४ करोड ७२ लाख भन्दा धेरै फलोअर्स थिए। बेलायतको आईटीभी च्यानललाई दिएको एक अन्तरवार्तामा ट्रम्पले आफनो ट्विटर पोस्टको धेरै सराहना पनि गरे। उनले ‘फेक न्युज‘को जमानामा उनलाई मतदातासँगको संवादका लागि सामाजिक सन्जालको आवश्यक भएको बताए। अन्तरवार्तामा ट्रम्पले भने– यदि मसँग संवादको तरिका नभएको भए म आफैंलाई बचाउन सक्दैन। मैले धेरै नै फर्जी समाचार पाउने गर्छु। धेरैजसो समाचार जुन या त गलत हुन्छ वा मनगढन्त हुन्छ।

यो अत्यन्तै अनौथो स्थिति भएको पनि उनले बताए। विश्वमा धेरैले उनको ट्विट कुर्ने गरेको उनले बतए। सामान्यतया उ आफै ट्विट गर्छन, कयौं ट्विट त उनले ओछ्यानमा पल्टेरै वा कयौं पटक खाना खाँदाखाँदै गरेको समयमा गरेका छन्। ७१ बर्षको उमेरमा पनि बर्गर खाने र कोक पिउने गर्छौ, भन्ने प्रश्नको जवाफमा उनले भने – म राम्रो खाना खान्छु। विश्वकै सबैभन्दा राम्र सेफको हातबाट बनेका खाना। मलाई लाग्छ म साँच्चै नै राम्रो खान्छु।

प्रतिक्रिया दिनुहोस्