स्वास्थ्य सेवाकै कर्मचारीबाट सचिव बनाउनुपर्ने माग



विनोद सिंह विष्ट, बैतडी । प्रदेश नम्बर सातका स्वास्थ्यकर्मीहरुले प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै कर्मचारीबाट सचिव बनाउनुपर्ने माग गरेका छन् ।
सरकारले प्रशासन समूहबाट प्रदेश स्वास्थ्यमन्त्रालयमा सचिवको व्यवस्था गर्न लागेको भन्दै त्यसको विरोध गरेका हुन् । प्रदेशको अस्थायी राजधानीमा उपलब्ध स्वास्थ्यकर्मीहरुको भेलाले प्रदेश स्वास्थ्यमन्त्रालयको सचिवमा अन्य समूहबाट आए स्वीकार नगर्ने चेतावनी समेत दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा लामो समयसम्म काम गरेका अनुभवी स्वास्थ्कर्मी हुँदाहुँदै प्रदेश स्वासथ्य मन्त्रालयको नेतृत्व अन्य समूहका कर्मचारीलाई दिँदा समस्या हुने भएकाले आफूहरुले स्वास्थ्य क्षेत्रकै सचिवको माग गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो“सरकारले ७ दिनभित्रमा आफ्नो निर्णयमा पुनविर्चार गर्न भेलाले आग्रह गरेको हो” प्रदेश स्वास्थ्यमन्त्रालयमा अन्य समूहबाट सचिव खटाए मान्य नहुने स्वास्थ्यकर्मीहरुले चेतावनी समेत दिएका छन् । स्वास्थ्य जस्तो सम्वेदनशील र प्राविधिक क्षेत्रको महत्व बुझेर केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तह सम्म स्वास्थ्य मन्त्रालय छुट्टै हुनुपर्ने भेलाले निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्