सिप्रदीको च्याम्पियन मिट सम्पन्न



काठमाडौं, (नेस)
सिप्रदी अटोपार्टस प्रालिले पोखरामा सातौं च्याम्पियन मिट सम्पन्न गरेको छ। कम्पनीका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले कम्पनीका आगामी योजना र कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष आक्रमक बजारीकरणको नीतिलाई अबलम्वन गरी निर्धारित लक्ष्य हासिल गर्नको लागि सम्पूर्ण च्यानल पार्टनरसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।

त्यस्तै कम्पनीका उपमहाप्रबन्धक युवराज बुढाथोकीले कार्यक्रममा आफनो् च्याम्पियनहरूको हितलाई मध्यनजर गर्दैै रिटेल च्याम्पियन कार्यक्रम शुरू गरिको जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्ट्सका कस्टमर केयर प्रमुख गणेश सेट्टीले गर्नु भएको थियो।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सिप्रदी र टाटा मोर्टस् आफ्ना च्यानल पार्टनरलाई सँगै अगाडि बढाउने प्रतिबद्वता व्यक्त गर्दै कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सिप्रदीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको थियो।

उक्त कार्यक्रममा सिप्रदी अटो पाट्र्सले नेपालभरका ६० जना च्याम्पियनहरूलाई स्किमअन्तर्गत दुइजनालाई युरोप टूर, चार वटा स्कुटर , दुई सय तोला सुन, चार वटा ल्यापटप, पाँचजनालाई थाइल्यान्ड टुर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्