कामना फिल्म अवार्डस् २०७४, के भन्छन् मनोनयनमा परेका कलाकार?



विधाः अभिनेता


मबाहेक सबै डिजर्भिङः अनमोल केसी
फिल्मः गाजलु
म यो नोमिनेसनमा पर्ने सबैभन्दा यंगर एक्टर हो। त्यस कराण मैले अवार्ड यसले पाउँछ, उसले पाउँछ भन्ने टाइम भएको छैन। जसलाई अडियन्सले सपोर्ट गर्नुहुन्छ, जो डिजर्भिङ हुनुहुन्छ, उहाँले नै अवार्ड पाउनुहुन्छ। मेरो लागि नोमिनेसनमा पर्नुहुने सबै इक्वेल हुनुहुन्छ। उहाँहरु मभन्दा एक्सिपिरियन्स हुनुभएकाले मबाहेक सबै अवार्डका लागि डिजर्भिङ हुनुहुन्छ।

 

सौगातले जित्नुहुन्छ, मैले जिते अचम्म हुँदैनः विपीन कार्की
फिल्मः जात्रा
मेरो विचारमा यसपटकको यो अवार्ड सौगात मल्लले जित्नुहुन्छ। उहाँ नेपाली फिल्मको एकदमै राम्रो एक्टर हुनुहुन्छ। उहाँले शुरुको फिल्मदेखि नै स्ट्रङ्ग अभिनय गर्दै आउनुभएको छ। मैले यो वर्ष फिल्म जात्राबाट नायकको अवार्ड पाइरहेको छु। त्यस कारण म आफैंले पनि यो अवार्ड जित्न सक्छु। यदि मैले नै अवार्ड जितें भने पनि म अचम्मचाहिँ हुन्नँ। तर, अरूको भन्दा सौगात मल्लको अभिनय राम्रो छ।

ढुक्क छु, अवार्ड पाउँदिनः निखिल उप्रेती
फिल्मः निर्भय
ए… म पनि मनोनयनमा परेको छु? मनोनयनमा परे पनि मैले यो अवार्ड पाउँदिन। मबाहेक अरू जसले जिते पनि राम्रो लाग्छ। म अहिले नचलेको कलाकारमा पर्ने भएकाले अवार्ड जित्दिन भन्नेमा ढुक्क छु। मनोनयनमा पर्ने सबै राम्रो हुनुहुन्छ। त्यस कारण म अरूको बारेमा कम्पेयर गर्न सक्दिनँ। अरूको खोट देखाउन मैले मिल्दैन।

 

हामीलाई थाहा हुँदैनः सौगात मल्ल

फिल्मः
शब्द
अवार्ड कसले पाउँछ भन्ने कुरा त हामीलाई थाहा नै हुँदैन। मैले अवार्ड कसले पाउँछ भन्ने कुरामा मैले कसैको बारेमा सोचेको पनि छैन। यो जुरीलाई थाहा हुने कुरा हो। मलाई आफूले जित्छु भन्ने आशा पनि छैन।

 

 

विपीनले पाउनुहुन्छः दयाहाङ राई
फिल्मः वीरविक्रम
मेरो विचारमा कामना फिल्म अवार्डमा बेस्ट एक्टरको अवार्ड जात्राबाट विपीन कार्कीले पाउनुहुन्छ। उहाँले जात्रामा जुन किसिमको पर्फमेन्स गर्नुभएको छ, त्यो सबैका लागि च्यालेन्जिङ हो। त्यस कारण मेरो विचारमा चाहिँ विपीन मल्लले नै अवार्ड पाउनुहुन्छ। लुट–२ बाट म हास्य कलाकरको विधामा मनोनयनमा परे पनि यो अवार्ड कि छक्का पञ्जाबाट बुद्धि तामाङले कि त जात्राबाट रवीन्द्र झाले पाउनुहुन्छ। बुद्धिजीले छक्का पञ्जामा निकै राम्रो र इमानदार भएर काम गर्नुभएको छ। त्यस्तै रवीन्द्र झा जात्रामा एक्स्ट्रा क्यारेक्टरको रूपमा आउनुभएको छ।

विधाः अभिनेतृ


रिजल्ट फेयर हुन्छः प्रियंका कार्की
मनोनयनः लक्स पपुलर च्वाइस अवार्ड र छक्का पञ्जाबाट अभिनेतृ
म कामना फिल्म अवार्डको नोमिनेसनमा पर्नुभनेको नै मेरो लागि एउटा अचिभमेन्ट हो। अवार्ड कसले पाउला भन्ने कुरामा म कहिल्यै पनि ध्यान दिन्नँ, बरु आफ्नो काममा ध्यान दिन्छु। किनभने अर्को वर्ष पनि मलाई यसै गरी नोमिनेसनमा पर्नु छ। मसँग राम्रा–राम्रा कलाकार नोमिनेसनमा पर्नुभएको छ, त्यसै पनि म खुसी छु। लक्स पपुलर च्वाइस अवार्ड पनि कसले जित्ला भनेर मैले सोचेको छैन। मेरो विचारमा जुरी होस् या एसएमएसको आधारमा होस, रिजल्ट फेयर नै हुन्छ।

सिर्जना सुब्बाले पाउँछः वर्षा राउत
मनोनयनः लक्स पपुलर च्वाइस अवार्ड तथा जात्राबाट अभिनेतृ र छक्का पञ्जाबाट सहअभिनेतृ
आई थिन्क यसपटकको कामना फिल्म अवार्डमा बेस्ट एक्ट्रेसको अवार्ड डाइङ क्यान्डलबाट सिर्जना सुब्बाले पाउँछ। किनभने अवार्ड भनेको राम्रो काम गर्नेलाई अझ प्रोत्साहन होस् भनेर दिइने हो। एक्टिङलाई नै हेरेर अवार्ड दिने हो भने हामी नोमिनेसनमा पर्नेहरुभन्दा उहाँको एक्टिङ राम्रो छ। यसको मतलब मेरो अथवा अरू कसैको एक्टिङ नराम्रो भन्न खोजेको चाहिँ होइन। लक्स पपुलर च्वाइस अवार्ड भने प्रियंका कार्कीले पाउँछ जस्तो लाग्छ।

सबै डिजर्भिङः केकी अधिकारी
मनोनयनः लक्स पपुलर च्वाइस अवार्ड र लभ सासाबाट अभिनेतृ
मैले नोमिनेसनमा परेका सबै फिल्म हेरेको छैन, जात्रा र छक्का पञ्जा हेरेको छु। सबै फिल्मको कलाकारको एक्टिङ राम्रो भएर नै त नोमिनेसनमा परेको हो। त्यसैले सबै जना डिजर्भिङ हुनुहुन्छ। लक्स पपुलर च्वाइस अवार्डचाहिँ पब्लिक भोटको आधारमा हुने हुँदा हेरौं पब्लिकले कसलाई जिताउनुहुन्छ। मेरो विचारमा लक्स पपुलर च्वाइस अवार्ड प्रियंका कार्कीले पाउनुहुन्छ।

 

सबै पर्फेक्ट छन्ः नीता ढुंगाना
फिल्मः निर्भय
सबै आ–आफ्नो ठाउँमा क्यापेबल हुनुहुन्छ। अब कमेन्ट नै गर्नका लागि त मैले फिल्म सबै फिल्म हेर्नुपर्छ, तर छक्का पञ्जा र जात्रा हेरेको छु। लभ सासा, डाइङ क्यान्डल भने हेरेको छैन। सबै जना आ–आफ्नो ठाउँमा पर्फेक्ट छन्। एक हिसाबले त नोमिनेसनमा पर्नु नै अवार्ड पाएसरह हो।

 

 

अवार्डको विश्वास लाग्दैनः सिर्जना सुब्बा
फिल्मः डाइङ क्यान्डल
हुन त मलाई यो अवार्डमा खासै विश्वास लाग्दैन। कतिपय अवार्ड एउटाले पाउँछ भनेर गेस गरेको हुन्छ, अर्कैले पाउँछ। अवार्ड कसले पाउने भन्ने कुरा जुरीमा पनि भर पर्छ, जुरीले केको आधारमा विजेता छान्ने भन्ने कुरामा भर पर्छ। जसले पाए पनि शुरुमै अवार्ड पाउँदा काम गर्ने मानिसलाई इन्करेज हुन्छ।

 

 

यसै भन्न सकिन्नः एस कुमार
मनोनयनः कथा, पटकथा र संवाद (बाटोमुनिको फूल)
फिल्म अवार्डका लागि जुरीहरुले यति मेहनत गरेर निर्णय गर्नुभएको छ। त्यसैले कसले अवार्ड पाउलाभन्दा पनि सबैले आ–आफ्नो फिल्ममा मेहनत नै गरेका हुन्छन्। जुन फिल्मले अवार्ड जिते पनि राम्रो फिल्मले नै जित्छ भन्ने लाग्छ। मैले यी विधामध्येबाट डाइलग वा स्क्रिन प्लेबाट जित्छु कि जस्तो लाग्छ। तर, कम्पिटिसनमा यसै भन्न सकिन्न। अवार्ड जुन विधामा जसले पाए पनि राम्रो काम गर्नेले नै पाउँछन् भन्ने मलाई लाग्छ।

बेस्ट फिल्म डाइङ क्यान्डलः रविन आचार्य
मनोनयनः फिल्म र छायाँकार (डाइङ क्यान्डल)
यदि जुरीहरुले साँच्चै कला र सिर्जनालाई ध्यानमा राखेर अवार्ड दिन लागेको हो भने डाइङ क्यान्डलले नै उत्कृष्ट फिल्मको अवार्ड जित्छ जस्तो लाग्छ। यो फिल्मलाई विभिन्न देशमा प्रदर्शन गर्दा यसले राम्रो प्रतिक्रिया पाइरहेको छ। विभिन्न देशका फिल्म भेस्टिबलमा नोमिनेसनमा पनि परेको छ। फिल्म कुन सेटिङमा बनेको र के देखाउन खोजेका भन्ने कुरा प्रस्ट छ। नजराको हिसाबले जात्रा पनि राम्रो फिल्म हो। तर, पनि अनेस्टली भन्नुपर्दा डाइङ क्यान्डलले बेस्ट फिल्मको अवार्ड पाउँछ भन्ने मलाई लाग्छ।

खलपात्र मैले पाउँदिन, पटकथा उत्कृष्ट छः दीपकराज गिरी
मनोनयनः फिल्म, खलपात्र, कथा, पटकथा र संवाद (छक्का पञ्जा)
खलपात्रको नोमिनेसनमा पर्नु खुसीको कुरा हो। यसमा पर्नेबाहेक सबै ट्यालेन्ट नै हुनुहुन्छ। अझ ध्रुव कोइराला, कामेश्वर चौरासिया जस्ता व्यक्ति त वर्षौंदेखि खलपात्रका रूपमा परिचित नाम हो। यो क्षेत्रमो मेरोभन्दा बढी योगदान उहाँहरुको नै छ। त्यसैले मैले खलपात्रको अवार्ड पाउँछु जस्तो लाग्दैन। कथाको कुरा गर्दा यसमा डाइङ क्यानडल जस्तो कथा, पटकथा र संवादमा जसले अवार्ड जिते पनि मलाई राम्रो लाग्छ। हुन त हाल म अवार्ड कार्यक्रमप्रति चासो राख्दिनँ र म अवार्डको आकांक्षी पनि होइन। पटकथाको हिसाबले हेर्दा छक्का पञ्जा उत्कृष्ट छ, यो पटाकथाकै फिल्म पनि हो। पटकथामा आशा राख्ने ठाउँ छ।

प्रतिक्रिया दिनुहोस्