यौन दुर्व्यवहारको आरोपपछि स्टिव वाइनले दिए राजीनामा



वासिंटन, यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकी क्यासिनो मुगल स्टिव वाइनले रिपब्लिकन नेसनल कमिटीको प्रमुखबाट राजीनामा दिएका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्टमा ७६ वर्षीय अर्बपतिमाथि मसाज गर्नेलाई दुःख दिएको र उनीहरुमध्ये एकलाई यौन सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाइएको छ ।

वाइनले भने आरोपको खण्डन गरेका छन् । रिपब्लिकन नेसनल कमिटीका प्रमुखले वाइनको राजीनामा स्वीकृत गरेको बताएका छन् ।

वायनले यसको दोष पूर्वपत्नी ऐलेनलाई दिएका छन् । पूर्वपत्नी ऐलेनसँग उनी मानहानीको मुद्दा पनि लडिरहेका छन् ।

वाल स्ट्रिट जर्नलले भने अर्बपति वायनसँग काम गरेका दर्जनौं मानिसलाई उद्धृत गर्दै कार्यालयमा एक्लै बस्दा कयौंपटक मसाज गर्नेलाई यौन उत्पीडन गरेको आरोप लगाएको छ । अदालतको एक दस्तावेजलाई उद्धृत गर्दै जर्नलले क्यासिनोका बादशाहले एक मेकअप आर्टिस्टलाई ७।५ मिलियन डलर तिरेको उल्लेख गरेको छ ।

मेकअप आर्टिस्टले वायनमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्