साना सवारीको प्रिय बन्दै कान्ति लोकपथ



रोशन पराजुली, हेटौँडा ।

६ दशअघि राजधानीलाई तराईसँग जोड्ने उद्देश्यले निर्माण कार्य सुरु रिएको कान्ति लोकपथ मार्ग भएर साना सवारी सञ्चालनमा आएका छन् ।
हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र फाखेल मोटर बाटो अवरुद्ध भएपछि कान्तिलोकपथ भएर साना सवारी सञ्चालनमा आएका हुन् । हाल हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने टाटा सुमो तथा साना सवारीहरु कान्तिलोकपथ र त्रिभुवन राजपथ भएर पनि आउजाउ गरिरहेका छन् ।

दक्षिणकाली नगरपालिकास्थित बज्रङमा टाटा सुमोको ठक्करबाट स्कुटर सवारको मृत्यु भएपछि माघ ५ गतेदेखि दुवै छोटो मार्ग अवरुद्ध गरिएको थियो । कान्तिलोक पथमा यात्रुबाहक सवारी र अन्य साना सवारीहरु माघ अन्तिम सातादेखि सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ । निर्माण कार्यहरु सम्पन्न नहुँदै टाटा सुमो सञ्चालनमा आउँदा हेटौंडाबाट काठमाडौं पुग्न पाँच घण्टा लागेको टाटा सुमो चालक हरिकृष्ण अधिकारीले बताउनुभयो ।

सरकारले विशेष प्राथमिकतामा राखेर काठमाडौं–हेटौंडा पुग्ने वैकल्पिक मार्गका रुपमा निर्माण कार्य शुरू गरेको कान्ति लोकपथ निर्माणको कार्य सुस्त गतिमा अगाडि बढेको छ । ६० वर्षअघि ट्याक खोलिए पनि सडकको हालसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

 

तीन दिनदेखि दैनिक करिब तीनसयको हाराहारीमा कान्तिलोक पथमा साना सवारी आवतजावत भइरहेका छन् । हेटौंडाबाट ललितपुरको सात दोबाटोसम्म टाटासुमो आवतजावत हुने गरेको भन्दै ओमशान्ति टाटा सुमो सञ्चालक राजेश थापाले कान्तिलोकपथको विभिन्न भागमा निर्माण कार्य भएकाले अलि बढी समय लागेको बताउनुभयो ।

निर्माण कार्य सम्पन्न भएपछि भीमफेदी–कुलेखानी–सिस्नेरी, दक्षिणकालीको मार्गभन्दा एक घण्टा छिटो पुग्न सकिन्छ । निर्माण कार्य सम्पन्न भएपछि हेटौंडाबाट काठमाडौं तीन घण्टामा पुग्न सकिने उहाँले बताउनुभयो ।

१३ वटा निर्माण कम्पनीले कान्ति लोकपथको स्तरोन्नतिसहित कालोपत्रे गर्न विभिन्न खण्डमा ठेक्का लिएका छन् । मकवानपुर र ललितपुरतर्फ गरेर हालसम्म १५ किलोमिटर कालोपत्रे भइसकेको छ । असारसम्ममा कान्तिलोकपथ कम्तिमा ५० किलोमिटर सडक कालापत्रे गरिसक्ने दाबी आयोजनाको छ ।

कान्तिलोकपथको निर्माण कार्यलाई तीव्रता दिन एक महिनाअघि क्षेत्रीय प्रशासकको अगुवाईमा लोकपथको अनुगमन गरेर सम्बन्धित निर्माण कम्पनीहरुलाई काम तीव्र गतिले गर्न निर्देशन दिइएको थियो ।

क्षेत्रीय प्रशासक र प्रजिअले कान्ति लोकपथको निर्माण कार्यमा चासो दिन थालेसँगै कामले थप तीव्रता पाएको थियो । माघभित्र काठमाडौं–हेटौंडा यात्रुबाहक बस सञ्चालन लक्ष्यसाथ स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ ।

कान्ति लोकपथमा माघभित्र काठमाडौं– हेटौँडा यात्रुबाहक बस आवतजावत गर्न सक्ने सम्भावना छ । उक्त लोकपथमा बस सञ्चालन गर्न युद्धस्तरमा काम भइरहेको छ । मालबाहक ट्रकहरु उक्त मार्ग भएर हेटौंडा–काठमाडौं आवतजावत गर्न चालु आवको अन्तिम अर्थात् असार महिनासम्म कुर्नुपर्ने हुन्छ । ९० किलोमिटर लम्बाईको लोकपथको ६६ किलोमिटर दुई लेनको निर्माण गरिसकिएको छ भने २४ किलोमिटर सडक विस्तार गर्न बाँकी छ । सरकारले कान्तिलोकपथ निर्माण सुरु गरेदेखि चालु आवमा सबभन्दा बढी ६० करोड रुपियाँ विनियोजन गरेको थियो ।

सरकारले विशेष प्राथमिकतामा राखेर काठमाडौं–हेटौंडा पुग्ने वैकल्पिक मार्गका रुपमा निर्माण कार्य शुरू गरेको कान्ति लोकपथ निर्माणको कार्य सुस्त गतिमा अगाडि बढेको छ । ६० वर्षअघि ट्याक खोलिए पनि सडकको हालसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । लोकपथमा ललितपुरको टीकाभैरव पुलदेखि हेटौंडाको बुद्धचोकसम्म जोडिएको छ । हालसम्म ललितपुर खण्डमा डेढ किमी र मकवानपुर खण्डमा १० किमी गरी साढे ११ किमी सडक खण्ड कालोपत्रे भइसकेको कान्ति लोकपथ सडक योजनाका इञ्जिनियर नरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

योजनाले यस आर्थिक वर्षभित्र ललितपुर खण्डमा १४ किमी र मकवानपुर खण्डमा १५ गरी २९ किमी सडक कालोपत्र लक्ष्य लिएको छ । योजनाले कान्ति लोकपथको सबै सडक खण्डमा कालोपत्र गर्न ठेक्कासमेत लगाइसकेको छ ।

हाल सडक कालोपत्रे गर्ने, चौंडा गर्ने, सडक संरचना तयार पार्ने, ग्राबेलिङ गर्नेलगायत काम योजनाले एकसाथ गर्दै आएको छ । इञ्जिनियर भट्टले भन्नुभयो– निश्चित समयमै काम सम्पन्न गर्न सडकमा एकसाथ काम भइरहेको छ । निर्माण पक्षले पनि निश्चित समयभित्र कामसक्ने गरी अहोरात्र खटिरहेको छ ।

माघ महिनाभित्र सडक चौंडाको काम सम्पन्न गरेर ग्राबेलिङ गर्ने लक्ष्य योजनाको छ । तर, डेढ किमी जति ट्याकलाई चौंडा गर्न विष्फोटक पदार्थ चाहिएकाले त्यो पूरा हुन सकेको छैन । त्यस सडक खण्डको ललितपुर खण्डमा रानीबास, काल्चे, मौरीभिरलगायत सडक खण्डमा ट्याकमात्र रहेको र चौंडा गर्न विष्फोटक पदार्थ आवश्यकता परेकाले सेनासँग माग गरेको भट्टले जानकारी दिनुभयो ।

योजना कार्यालयले सडकको चांैडाइ ३–५ मिटर रहेको र त्यसलाई साढे ८ मिटर चौंडा गर्ने लक्ष्यअनुरुप योजनाले सडक चौंडा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्