४ दिन देखि बेपत्ता जोन अझै भेटिएनन्



ईश्वरराज ढकाल, काठमाडौ ।

चार दिनदेखि हराइरहेका अजय शिक्षा सदन थसिखेलका ६ कक्षामा अध्ययरत १७ वर्षिय जोन तामाङको अवस्था अज्ञात रहेको छ । बिहीबार बिहान कुसुन्ती स्थित अजय शिक्षा सदनका कक्षा ६ मा अध्ययनरत जोन तामाङ बेपत्ता भएका थिए । हाइकिङ गरी फर्कने क्रममा दिउसो करिब साढे ३ बजे उनी बेपत्ता भएका थिए । गोदावरी आउनु करिब ३ किलोमिटर बाकी रहदा विद्यार्थी सम्पर्क विहीन भएका थिए । उनको अहिलेपनि खोजी जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी, विद्यालयका कर्मचारी , प्याब्सन ललितपुरका पदाधिकारी र आफन्त अहिले खोजी कार्यमा व्यस्त छन् । शनिबार राती अबेरसम्म खोजी गर्दा नभेटिएपछि उनलाई खोजी गर्न आइतबार सम्पुर्ण टोली घटना स्थलमा पुगेको छ ।

प्रिन्सिपल दुर्गा ओली आफैले सो विद्यालयका ११ जना विद्यार्थी हिउ खेल्न भन्दै फुलचोकी लग्नुभएको थियो । हराएका विद्यार्थी खोज्न प्रहरीले प्रिन्सिपललाई समेत संगै लगिएको छ । छोराको अवस्थाबारे जानकारी नपाएपछि आज बिहान आफन्तहरु महानगरीय प्रहरी वृत सातदोबाटो पुगेका थिए । तामाङकी आमा रिना , उनका दाजु जेम्स, काका दीपक राईले जोनलाई खोजिदिन आग्रह गरेका थिए ।

विद्यार्थी बेपत्ता भएपछि व्द्यिालयका प्रिन्सिपल ओलीलाई सातदोबाटो प्रहरी वृतले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ । महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी प्रमुख डिएसपी विनोद सिलवालले जोनको खोजी कार्य जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्