सदरमुकाम सार्ने सरकारी निर्णयको बिरोधमा लाठी जुलुश



रुकुमकोटमा जिल्ला अदालत बाहेक सबै सरकारी कार्यालयमा तालाबन्दी

 

धनवीर दाहाल, रुकुमकोट ।

विहीबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारको निर्णय विरुद्ध रुकुमकोटमा आन्दोलन झन चर्किँदै गएको छ ।

आइतबार सदरमुकाम रुकुमकोटमा जिल्ला अदालत बाहेक सबै सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ भने बजारमा लाठी जुलुश प्रर्दशन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले आफुलाई पनि निबास भन्दा बाहिर जान नदिइएको जानकारी दिनुभयो ।

आइतबार आफुहरुको आन्दोलनमा भुमेगाँउपालिका र पुथा उत्तरगंगा गाँउपालिकाको केही वडा पनि सहभागी भएको संघर्ष समितीका सदस्य केशवचन्द्र समालले बताउनुभयो । गत विहीबार सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरुद्धमा रुकुम पूर्वमा आन्दोलनको घोषणा गरिएको छ । रुकुमकोट र सदरमुकामबासीले अनिश्चितकालिन आमहडतालको आह्वान गर्दै विरोधमा उत्रिएका छन् । जिल्लामा रहेका सरकारी सबै कार्यालयहरु ठप्प पारिएको छ । यातायात, शैक्षिक सस्था लगायतका सेवा पनि ठप्प पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्