प्रचण्ड फकाउन ओली आँफै पुगे खुमलटार



मुख्यमन्त्री र सभामुखको विषयमा कुरा नमिल्दा कार्यदलको बैठक सर्यो

 

नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र कार्यदलको बैठक पनि सरेको छ । आइतबार ११ बजे बस्ने भएपनि ३ बजेका लागि बैठक सरेको हो । मुख्यमन्त्री लगायतका विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मोटोमोटी सहमति भएपनि सभामुखको बिषयमा कुरा नमिल्दा बैठक सरेको एमालेका एक नेताले जानकारी दिएका छन् ।
बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पुनः बस्नेछ ।

शनिबार साँझ प्रचण्ड र ओलीको गोप्य छलफलले प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादी कै वीरमान चौधरी मुख्यमन्त्री बन्ने मोटामोटी सहमति गरेका थिए। तर प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ कि किरण गुरुङ् भन्नेमा आइतबार टुङ्ग्याउने उच्च स्रोत बताउँछ ।

यसैबीच प्रचण्डलार्इ भेट्न खुमलटार ओली पुगेका छन् । पार्टी एकतालाई निर्णायक बनाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दाहाल निवास खुमलटारमा बिहान ११ बजेदेखि वान टु वान वार्ता जारी छ । पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै वार्ता बाक्लिएको छ ।

यसअघिका समयमा दाहाल ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली दाहाल निवास खुमलटार पुगेका हुन् । भेटघाटका क्रममा प्रदेश सरकार निर्माण र पार्टी एकतालाई अन्तिम रुप दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्