राउटेलाई न्यानो कपडा वितरण



नेपाल समाचारपत्र, दैलेख ।

केही दिन अघि नेपाल समाचारपत्र तथा अन्य राष्ट्रिय संचार माध्ययमहरुमा प्रकाशित भएको समाचार पढेर दैलेखको जंगलमा बसोबास गरिरहेका राउटेहरुलाई विमा समिति द्धारा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

दैलेखको महाबु गाउँपालिका १ छामघाट खोलाको किनारमा बसोबास गरिरहेका राउटे बस्तीमा पुगेर विमा समितिका अध्यक्ष चिरन्जिवि चापागाई, बिमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्की र बिमक संघका महासचिव योगेशभकत श्रेष्ठको सहयोगी हातहरु राहत लिएर राउटे बस्तिमै पुगेका थिए । राउटेको प्रकाशित समाचार पढेर नेपाल विमा समितिका कर्मचारी, नेपाल विमा संघ, नेपाल इन्सोरेन्स प्रोफेसनल सोसाइटी, स्वियर संघ नेपालले दुई लाख बराबराको लत्ताकपडा, खाद्यान्न सहयोग गरेको नेपाल विमा संघका अध्यक्ष चिरन्जिवि चपागाईले बताए ।

हामी राउटेलाई टेलिभिजनमा हेर्ने र समाचारमा पढेपनि नजिकबाट बुझ्न पाएका थिएनौं । यस पटक राउटेको बासस्थानमै पुगेर बुझ्यौं र सहयोग दियौं । राउटे बस्तीमा कुपोषण बढी समस्या रहेका नेपाल सरकारले पोषण सुधार ल्याउनुपर्छ अध्यक्ष चपाईले भने ।

राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले सहयोग कसरी आयो,कहाँबाट आयो भनेर चापागाईले नेपाली भाषामा बोलेको कुरा जनतालाई बुझाउनको लागि समुदायको भाषा खाम्चीमा बोल्दा राउटे महिला बालबालिका खुशी हुदै सहयोगी दातालाई एकोहोरो हेरेर हँसिलो देखिन्थे ।

दक्षिण एशियाको एकमात्र फिरेन्त जीवनयापन गर्दै आएका यो समुदायमा ४६ घरधुरी १ सय ७५ जनसंख्या रहेको छ । नेपालको सम्पदा मध्यपश्चिमको गहनाको रुपमा चिनिने यो समुदाय मध्यपश्चिमका जिल्लाका जंगलमा भ्रमशिल जीवनयापन गर्दछ ।

यस्तो चिसोमा पनि एकसरो कपडाले जीउ ढाकेका देखेपछि केही धर्मालम्बीहरु जिउँदा भगवानमान उपमा दिने गरेका छन् ।
राउटे खाद्यान्न लत्ताकपडा संयुक्त हस्तान्तरण गर्दै दैलेख राउटे बस्तिमा पुगेका क्षेत्र –१ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले राउटे अव परिर्वतन हुन जरुरी रहेको बताए । उनलेख रोगबाट बच्नलाई सफा र दिन प्रतिदिन सरसफाईमा ध्यान दिन राउटेहरुलाई आग्रह गरे । राउटेहरुले प्रतिनिधी सभा सदस्य शर्मासंग नियमित भत्ताको माग समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्