५ नम्बर प्रदेशको पहिलो संसद बैठक २१ माघमा



यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५ को पहिलो बैठक यही माघ २१ गते आईतवार हुने भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको साता दिनपछि आईतवार नै माघ २१ का लागि बैठकवसाल्ने गरि सूचना सार्वजनिक गर्नु भएको होे ।

आईतवार विहान १० वजे सूचना प्रकाशित गरि पहिलो बैठक आह्वान गरिएको प्रदेश सचिव सनत दवाडीले बताउनु भयो ।

प्रदेशको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ । आइतबारदेखि डेकोरेशनको काम समेत शुरु गरिएको छ ।

५ नम्बर प्रदेशका जेष्ठ प्रदेश सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा वस्ने पहिलो बैठकको तयारी शुरु गरिएको सचिव दवाडीले बताउनु भयो । प्रदेश नम्बर ५ मा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरि ८७ जना प्रदेशसभा सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्