उद्धार शुरू



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको दोस्रो सबैभन्दा ठूलो पहाडमा अलपत्र परेका एक पोलिस पुरुष र अर्को एक फ्रेन्च महिलाको खोजी तथा उद्धार कार्य शनिबार शुरू गरिएको सरकारी सूत्रले जनाएको छ। किलर माउन्टेनको उपनामले पनि चिनिने नान्गा पर्वतबाट ओर्लिने क्रममा ती पर्वतारोहीद्वय टोमेक म्याकिविक्ज र एलिजावेथ रिभोल ७ हजार ४ सय मिटर उचाइमा फसेका थिए। ८ हजार १ सय २० मिटर उचाइको सो पर्वतबाट ओर्लन सहयोगका लागि तिनीहरूले एउटा स्याटलाइट फोनमार्फत गुहारेको सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्