क्रिकेटर सन्दीपको भाग्यपरीक्षा



मनोज रेग्मी, काठमाडौँ ।

नेपाली क्रिकेटमा उदाउँदा तारा भनेर चिनीने सन्दीप लामिछाने खेल क्षेत्रमा उल्लेखनीय प्रगती गरेको देखिन्छ । इण्डियन प्रिमयिर लिग (आईपीएल) २०१८ का लागि अक्सन (खेलाडी लिलामी) जारी रहँदा नेपाली क्रिकेटप्रेमीले एक नेपाली खेलाडीलाई कसैले किन्ला कि भनेर ध्यानपूर्वक हेरिरहेका बेला आईपीएल अक्सनमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेको नाम समावेश भएको छ । सन्दीप लेग ब्रेक गुग्ली बल फाल्न एकदमै सिपालु मानिन्छन् ।

आईपीएल अक्सनमा नेपाली खेलाडीको नाम समावेश भएको यो पहिलो पटक हो । यस पटक सन्दीपको नाम यस्ता दुई खेलाडीमा परेको छ, जो आईसीसीको एसोसियट सदस्य राष्ट्रबाट प्रतिनिधित्व गर्छन् । सन्दीपसँगै एसोसिएटतर्फबाट क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकको नाम पनि आईपीएल अक्सनमा समावेश छ ।

‘अन क्याप्ड’ (आईसीसीको एक दिवसीय मान्यता प्राप्त राष्ट्रिय टोलीबाट नखेलेको) प्लेयरअन्तर्गत रहेका सन्दीपको नाम २७६औै नम्बरमा परेको छ । नाम समावेश भएता पनि उनी खेल्न पाउने वा नपाउने भन्ने अझै कुनै श्चित भने छैन । यसरी नेपाली क्रिकेटका सान मानिने सन्दिपको भाग्य र भविष्यको फैसला हुन अझै केहि दिन कुर्नुपर्ने हुनसक्छ ।

कसरी पर्यो नाम ?
आईपीएल खेल्न चाहने खेलाडीले लिलामीअघि आवेदन दिन सक्छन् । यसपटक यस्ता १ हजारभन्दा बढी खेलाडीको आवेदन परेको थियो । सन्दीपले आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेको सहयोगमा आईपीएलमा सहभागी हुनका लागि आवेदन दिएका थिए । यसैक्रममा उनी ५७८ खेलाडीभित्र परेर आईपीएल लिलामीमा सहभागी हुन पाए ।

कसैले किने कति पैसा पाउँछन् ?

सन्दीपका लागि कुनै पनि टीमले २० लाख भारतीय रुपैयाँबाट बोली लगाउन सक्छ । कुनै टीमबाट बोली लागेको खण्डमा उनले ३२ लाख नेपाली रुपैयाँ पाउने पक्का हुनेछ ।यदि एकभन्दा बढी टिमबाट बोली लागेमा भाउ बढ्दै जतिसम्म पनि पुग्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्