पहलमान माफिया



नेपालको प्रमुख आयस्रोतका रूपमा रहेको पर्यटन क्षेत्र जहिले पनि लथालिङ्ग अवस्थामा रहेको छ। संसारलाई आकर्षित गर्न सक्ने एभरेस्टदेखि कुन्नि के–के हो मनोरम दृष्य भएका स्थान पनि नेपालमा नै छन् तर वर्षमा १० लाख पर्यटक भिœयाउने भन्दै सरकारले ललकारेको पनि २० वर्ष भयो।

अहिलेसम्म १० लाख पर्यटक आउन सक्या हैन। किन यस्तो भो भनेर धरहराले सोचविचार गरेको त पर्यटन भिœयाउने मन्त्रालयमा नै हुने गडबडीले गर्दा यस्तो हुँदोरहेछ भन्ने निष्कर्षमा धरहरा पुगेको छ। सरकार परिर्वतनभन्दा बढी पर्यटन मन्त्रालयमा मन्त्री परिर्वतन हुँदा रहेछन्। माफियाको चंगुलमा मन्त्री पर्ने र उनीहरूलाई पर्यटन माफियाले सजिलै हटाउँदा रहेछन्।

बितेको केही वर्र्षमा ४ वटा प्रधानमन्त्री परिर्वतन हुँदा पर्यटन मन्त्रालयमा मन्त्री भने ८ वटा फेरिएछन्। हैन के छ त्यस्तो मन्त्री नै फेर्नुपर्ने कारण खोज्दै गएको लिने र दिने बीच कुरा नमिलेपछि दिनेलाई लिन नपाइ नै जय नेपाल गरिदिँदा रहेछन्।

अनि कहाँबाट टिक्नु त मन्त्री प्रधानमन्त्री र मन्त्रीबीच मात्र होइन मन्त्री र सचिवबीच पनि कुरा नमिलेपछि मन्त्रीभन्दा बढी सचिव फेरिँदा रहेछन्। यस्ता पहलमान माफियाको दादागिरी देखेर धरहरा पनि नतमस्तक भएको छ है पाठकवृन्द ? तपाईं के हुनुभएको छ धरहराले बुझको छैन है।

प्रतिक्रिया दिनुहोस्