नेयमार फेरि महँगो बन्ने



मेड्रिड, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले रियल मेड्रिड यसै सिजनमा छोडेमा नेयमार दोस्रो पटक सबैभन्दा महँगो खेलाडी बन्न सक्नेछन्। यसअघि ब्राजिली स्ट्राइकर पेरिस सेन्ट जर्मेनले बार्सिलोनाबाट कीर्तिमानी १९ करोड ८० लाख पाउन्डमा किनेपछि सबैभन्दा महँगो खेलाडी बनेका हुन्।

मार्काको अनुसार रियल मेड्रिडले नेयमारलाई ३० करोड युरोमा किन्ने तयारीमा रहेको छ। यो सम्झौता साकार हुन रोनाल्डो सबैभन्दा ठूलो बाधक भएको पनि जनाइएको छ। रोनाल्डोले क्लबसँग बार्सिलोनाका लियोनल मेसी सरह साताको पारिश्रमिक ५ लाख पाउन्ड हुनुपर्ने माँग राखिरहेका छन्। क्लबले भने उनको माँगलाई बेवास्ता गरिरहँदा रोनाल्डो अन्य क्लबको खोजीमा रहेको पनि स्पेनी अखबारले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्