प्यालेस्टाइनलाई ट्रम्पको चेतावनी



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीलाई उपलब्ध गराउँदै आएको आर्थिक तथा सुरक्षा सहायता रोक्ने धम्की दिएका छन्। यदि प्यालेस्टिनी शान्ति वार्ताका लागि तयार हुँदैन भने उक्त कदम उठाउन सक्ने ट्रम्पले बताए। प्यालेस्टिनीले आफूहरूका लागि केही गर्दैन भने आफूले उनीहरूलाई आर्थिक मद्दत बन्द गर्ने उनले चेतावनी दिए। ट्रम्पले प्यालेस्टाइन र इजरायलबीच सायदै मात्र अब शान्तिवार्ता हुन सक्ने आशय व्यक्त गरे। उनले भने– ‘मलाई थाहा छैन, इजरायल र प्यालेस्टाइनबीच कुनै बेला शान्तिवार्ता पनि हुनसक्छ।’ अमेरिकाले राखेको शान्तिवार्ताको मध्यस्थता प्रस्तावलाई प्यालेस्टाइनले अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्