भारतीय नोट कारोबारमा संलग्न मनोज श्रेष्ठ पक्राउ



सलिम अन्सारी, प्यूठान । गैर कानुनी ढंगले भारतीय नोटको कारोबार गरेको आरोपमा मनोज कुमार श्रेष्ठ पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला अनुसन्धान ब्युरोको टोलीले भारतीय नोटको कारोबार गरेको देखे पछि नगद ३७ हजार सहित रंगेहात पक्राउ गरेको हो ।प्यूठान नगरपालिका ४ नयाँबजार जुम्रीका मनोज कुमार श्रेष्ठले मध्यान्ह १२ बजेआफ्नै पसलबाट माण्डवी गाउँपालिका वडा नं. १ बस्ने थम्मन बहादुर राउतसंग कारोबार गर्दै गर्दा सष्कास्पत अवस्थामा खोज तलास गर्दा १४ थान २ हजारको नोट, १४ थान ५ सयको नोट, त्यस्तै १८ थान सयको ३२ थान र १ थान २ नोट सहित फेला परेको प्युठान प्रहरिले बताएको हो ।

अहिले श्रेष्ठलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको प्रहरी स।इ मान बहादुर सिंहले बताए । जिल्लामा नयाँ विषय भएको हुनाले जिल्लाका कानुनी व्यवसायीहरुसंग परामर्श लिएर कारबाहीका लागि अगाडि बढ्ने जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए ।

उनले भने–‘जिल्लामा यस्तो विषय हाम्रो लागि पहिलो हो, कानुन अनुसार कारबाही हुन्छ र नेपाल राष्ट्र बैकले पनि कारबाही गर्न सक्छ ।’ यता कानुन व्यवसायी एवं बार एशोसियसन प्यूठानका प्रमुख डा। शिवराज पण्डितले अबैध कारोबार गरेकाहरुलाई नेपाल राष्ट्र बैकको विदेशी विनिमय ऐन अनुसार कारबाही हुने बताए । नियमतः राष्ट्र बैकको इजाजत विना विदेशी मुद्रा कारोबार गर्न नपाइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्