अष्ट्रेलियन ओपनको फाइनलमा फेडरर र सिलिक भिड्ने



मेलबर्न, अष्ट्रेलिया । यहाँभइरहेको अष्ट्रेलियनओपनकोे पुरुषतर्फकाे फाइनलमा स्वीस खेलाडी रोजर फेडररको मुकाबिला क्रोयशियन खेलाडी मारिन सिलिकसँगहुने भएको छ । आज शुक्रबारको सेमिफाइनल खेलको बीचमै दक्षिण कोरियाका खेलाडी ह्यु चुँगले खुट्टाको चोटका कारण खेल परित्याग गरेपछि फेडरर सजिलैसँग फाइनलमापुगेकाहुन् ।

त्यसो त ३६ वर्षीय अनुभवी फेडररको अगाडि २१ वर्षीय चुँग खेलको सुरुदेखि नै कमजोर देखिएकाथिए । फेडररले पहिलो गेम सजिलैसँग ६–१ को अन्तरले जितेकाथिएभने दोस्रो गेम पनि ५–२ को अन्तरले अगाडि बढिरहँदा खुट्टामा चोट आएपछि चुँगले खेल परित्याग गरेकाथिए ।

कुनै पनि ग्राण्ड स्लाममापहिलो पटक सेमिफाइनलमापुगेका दक्षिण कोरियाका खेलाडी चुँगफाइनलजितेर इतिहास रच्न एक पाइलाबाँकी रहँदाचोटले ग्रस्त बनेपछि उनको सपनाबीचमै तुहिनपुगेको थियो ।

अबफाइनलमा २० वटा ग्राण्ड स्लामजितेर इतिहास रच्नआतुर फेडररले दोस्रो ग्राण्ड स्लामजित्नकोसिस गर्दै गरेकासिलिकसँगआइतबार कस्तो खेलको प्रदर्शन गर्ने हुन् भन्ने कुरामा टेनिस खेलप्रेमीहरु व्यग्रताकासाथप्रतीक्षागरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्