ओली प्रचण्डबीच आज निर्णायक वार्ता, आज साझ ५ः३० को लागि भेट तय



मधुसुदन रायमाझी, काठमाडौं । पार्टी एकता प्रक्रिया अगाडि बढाउने गृह कार्यमा रहेका नेकपा एमालेका अध्यक्ष केपी आली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज वार्ता हुने भएको छ । ओली र प्रचण्डबीच पार्टी एकता, पद बाँडफाँड, प्रदेशको मुख्य मन्त्री र मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल हुन लागेको हो ।

केही दिन अघि बसेको एकता संयोजक समितिको बैठकमा कुरा नमिलेपछि एकता प्रक्रियाले गति लिन सकेको छैन् । एमालेले पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै ओली हुनुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले सरकारको नेतृत्व ओलीले गरेको अवस्थामा प्रचण्डले पार्टी अध्यक्ष पाउनु पर्ने अडान लिदै आएका छन् ।

ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अगाडि बढन सकेको छैन् । एमालेले पछिल्लो चरणमा प्रचण्डलाई पार्टी अध्यक्ष मान्न नसकिने मत बलियो बनाउदै लगेपछि सम्भावित एकता प्रक्रिया थप अन्यौलतमा परेको माओवादी केन्द्रका एक नेताले बताए । ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा सहमति जुटन नसके राजनीतिले फरक मोड लिने ती नेताले न्युजअफ नेपाललाई जानकारी दिए ।

केही दिनदेखि पातलिदै गएको ओली र प्रचण्डको भेट आज साझ ५ः३० को लागि तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार भेटको समय तय भएपनि स्थानको बोरमा पनि अझै तय भएको छैन् ।

ओली पोखराबाट फर्किए लगत्तै ओली र प्रचण्डबीच छलफल हुन लागेको हो । राष्ट्रियसभाको निर्वाचन लगत्तै अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएकाले ओली र प्रचण्डबीच पार्टी एकताको प्रक्रिया अगाडि बढाउन पद बाँडफाँड नै पेचिलो बनेपछि एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तामा कतै पार्टी एकता नहुने हो कि ? भन्ने आशका पनि पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्