बाल बिवाह रोक्ने अभियानमा प्युठान पुगे रेखा र कार्की



प्युठान । नायिका रेखा थापा नेपालि चलचित्र उद्योगमा चर्चित नाम हो।सधै पर्दामा देखिने उनी यतिबेला बालविबाह अन्त्यको अभियानमा छिन।उनले आफूले पनि बालविवाहकै कारण विभिन्न पीडासंग जुध्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेकी छन् । ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु भएको संकल्प सम्मेलनमा छोरीको भविष्य सुनिश्चित गराउन प्युठानमा एक कार्यक्रमबीच संकल्प गरियो ।

सिनेमामा प्रायः नारीमाथि हुने हिंसाको आवाज उठाउने नायिका थापा वास्तविक जीवनमा पनि महिला हिंसा अन्त्यका लागि महाअभियानमा सरिक हुँदै प्युठान पुगेकी हुन् ।उनिसंगै नरबहादुर कार्की अहिले देशभर नै बालबिबाह अन्त्यका लागि अभिभावक,बालबालिका र सरोकारवालालाइ सचेतना फैलाउदै हिडेका छन।अहिलेसम्म आठ वटा जिल्लामा कार्यक्रम गरिएको अभियान्ताले बताए।

विगत एक वर्षदेखि बालविवाह अन्त्यका लागि विभिन्न ठाउँमा प्रवचन र प्रतिबद्धता गराउँदै आएका अन्तर्राष्ट्रिय लाइफ कोच नरबहादुर कार्कीको अभियानलाई नायिका थापाले साथ दिएकि छन् । महिला हिंसाको मूल जड नै बालविवाह हो । चर्चित कलाकारबाट हिंसा अन्त्यका लागि अभियान थाल्दा प्रभावकारी हुने भन्दै नायिका थापालाई महाअभियानमा सरिक गराएको कार्कीले बताए ।

कार्यक्रममा अभियन्ता कार्की र नायिका थापाले प्युठानवासीलाई पनि बालविवाह अन्त्य गर्न संकल्प गराए । ‘बालबिबाहका कारण शिक्षा,रोजगारी,आर्थिक आर्जन र चेतना लगायतका बिभिन्न अबसरबाट बन्चित हुंदा जीवन परनिर्भर हुन पुग्छ’, कार्कीले भने, ‘अब हाम्रा छोरीचेलीको भविष्य र जीउज्यानको सुरक्षा हुनुपर्छ, सबैले हिंसाको जड बालविवाह अन्त्यका लागि आआफ्ना ठाउँबाट संकल्प गरौं ।’ विभेद र गरिवीरहित आयमुलक सुसुचित समाज बनाउन बालबिबाह अन्त्य हुन जरुरि छ।कार्किले थपे।

नायिका थापाले पनि महिलालाई आफ्नो जीवनमा भविष्य बनाउने बाटोको मुख्य बाधक नै बालविवाह भएको बताइन् । ऐरावति गाउपालिकाको केन्द्र बरौलामा भएको संकल्प सम्मेलनमा रेखाले भनिन ‘छोरी मान्छे अरुका लागि जिउने होइन,आफ्नो लागि जिउन सिक्नुपर्छु हरेक अभिभावकले छोराछोरिलाई समान व्यवहार गर्नुपर्नेमा उनले जोड दिइन।

थापाले परिवारले छोरीका लागि उचित वरभन्दा पनि उचित शिक्षाका लागि ध्यान दिनुपर्ने बताइन् । ‘हाम्रा अभिभावक छोरीका लागि राम्रो दुलहाको खोजीमा मात्रै ध्यान दिन्छन् तर छोरीको भविष्य कहाँनेर सुरक्षित हुन्छ भन्ने हेर्दैनन्’, कार्यक्रममा उनले भनिन्, ‘आजैदेखि एउटा नारीले गर्वका साथ आफ्नो पहिचान स्थापित नगरेसम्म विवाहका बारेमा परिवारले सोच नबनाउन आग्रह गर्छु ।’अरुको परिचयमा छोरी बांच्ने होइन,आफ्नै परिचयमा बांच्नुपर्छ।उनी भन्छिन।

अभियानलाई सम्बोधन गर्दै कार्कीले भने, ‘आउनुस् यो अभियानको महत्वपूर्ण हिस्सा बन्नुहोस्, साठी वर्षको हुँदा यो कुरामा गर्व गर्न चाहन्छु कि म नेपाली छोरीहरूको सवालमा निःस्वार्थ हिँडे र रूपान्तरणको हिस्सा बनेँ ।’

बालविवाहको अवस्था प्युठानमा निकै जर्जर छ । कार्यक्रममा सहभागी सरकारी निकायका कर्मचारी, नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता, संघसंस्था, बालबालिकाका क्षेत्रमा काम गर्ने निकायहरूले जिल्लामा बालविवाह अन्त्यका लागि संकल्प गरेका छन्।ऐरावती गाउपालिकाको बरौलामा भएको संकल्प सम्मेलनमा बिहेवारी २० बर्ष पारी,बालबिबाह अन्त्य गरौ,बालबिबाह हुन्न भनौ,बालबिबाह सामाजिक अपराध हो,छोरिको इच्छा दाइजो होइन शिक्षा, लगायतका नारा सहित यहाका शिक्षक,बिद्यार्थी र स्थानीयहरु प्लेकार्ड सहित सहभागि भए।सम्मेलनबाट ऐरावतिवासीले बालबिबाह नगर्ने र हुन नदिने संकल्प समेत गरे।

प्रतिक्रिया दिनुहोस्