हङकङसँगको व्यापारघाटा कम गर्न जोड



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ व्यापार विकास परिषद् (एचकेटीडीसी)को संयुक्त आयोजनामा हङकङमार्फत् व्यापार प्रवद्र्धनका अवसर विषयक व्यवसायिक अन्तत्र्रिmया काठमाडौंमा सम्पन्नभयो।

कार्यक्रममा सरकारका उच्च अधिकारी, महासंघका पदाधिकारी, दुवै देशका उद्यमी व्यवसायी, हङकङसँग व्यापार, व्यवसायमा संलग्न उद्यमी व्यवसायीको सहभागिता रहेको थियो। कार्यक्रममा हङकङमार्फत् अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायको प्रवद्र्धनका विषयमा व्यापक छलफल भयो। नेपाल–हङकङबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, हङकङमार्फत् नेपालको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, निजी क्षेत्रबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन एवम् व्यापारिक सम्पर्क विस्तारमा यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको र नेपालमा आएर यस प्रकारको व्यावसायिक अन्तत्र्रिmया आयोजना गर्न एचकेटीडीसीले देखाएको उत्साहको प्रशंसा गर्नुभयो। कार्यक्रमबाट दुवै देशका निजी क्षेत्रबीच व्यावसायिक सम्पर्क विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नेपालका लागि हङकङ महत्वपूर्ण व्यापारिक हव बन्ने आशा आफूले गरेको बताउनुभयो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हङकङसँगको व्यापारघाटा कम गर्न नेपालबाट हङकङमा के–कस्ता वस्तुको निर्यात सम्भाव्यता छ ? त्यसको समेत पहिचान गर्न यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो। गोल्छाले आपसी व्यापार विस्तार खास गरी नेपाली घरेलु तथा साना उद्योगको अन्तर्राष्ट्रियकरणका लागि एचकेटीडीसीसँग एक आधिकारिक सम्पर्क स्थापना गरेर काम गर्न महासंघकातर्फबाट प्रस्ताव समेत राख्नुभयो।

एचकेटीडीसीका दक्षिण पूर्वी एसिया तथा दक्षण एसियाका लागि क्षेत्रीय निर्देशक पिटर होङले आपसी आर्थिक व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन यो कार्यक्रम कोशेढुंगा हुने विश्वास प्रकट गर्दै आफ्नो संस्थाले नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघसँग मिलेर निरन्तर यस प्रकारको कार्यक्रम मार्फत नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा एचकेटीडीसी दक्षिण एसियाका परामर्शदाता राजेश भगत र एचकेटीडीसी थाइल्याण्ड तथा साउथ एसियाका निर्देशक सन्नी चाउले नेपाल र हङकङ बीचको व्यावसायिक सम्भाव्यता, अन्तर्राष्ट्रिय व्यापारका अवसर, नेपाली व्यवसायीहरूलाई एचकेटीडीसीमार्फत् हुने व्यवहारिक सहयोगलगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सन् २०१६ को तथ्याङ्क अनुसार हङकङबाट नेपालले २० मिलियन अमेरिकी डलर बराबरको सामान आयात गर्नुका साथै नेपालबाट त्यसतर्फ २ मिलियन अमेरिकी डलर बराबरको नेपाली उत्पादन निर्यात गरेको थियो। सो अवसरमा महासंघको तर्फबाट एचकेटीडीसीमार्फत् हङकङमा आयोजना हुने व्यापार मेलामा नेपालको बढीभन्दा बढी सहभागिताका लागि सहयोग गर्न आग्रह गरिनुका साथै महासंघले आयोजना गर्ने सबै प्रकारका व्यापार मेलाहरूमा एचकेटीडीसीको सहभागिता, प्राविधिक सहयोग एवं विज्ञता आदान प्रदानमा जोड दिइयो।

प्रतिक्रिया दिनुहोस्